Ultimate magazine theme for WordPress.

वीरगञ्ज बन्दरगाहमा रोकिएका ५ सय कन्टेनरको प्रक्रिया अन्योलमा

195

उमेश दुबे
पर्सा, १२ असार ÷ नियमविपरीत आयात भएर वीरगञ्ज सुक्खा बन्दरगाहमा १ महीनादेखि रोकिएको केराउ, छोकडा, मरीच र सुपारी के गर्ने भन्नेमा भन्सार विभाग अन्योलमा परेको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति नलिई भित्र्याइएका ५०० कन्टेनर यस्ता मालसामान बन्दरगाहमा रोकिएपछि अन्योल भएको हो ।
सरकारले गत चैत १६ गतेको निर्णयानुसार केराउ, छोकडा, मरीच र सुपारी लगायतको मालवास्तुमा बन्देज लगाइएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख उमेश श्रेष्ठले बताउनु भयो । यस अनलाइन संग कुरा गर्दै प्रमुख श्रेष्ठले राजपत्रमा सूचना प्रकाशित गरेर यस्ता वस्तुको आयातमा रोक लगाएको बताउनु भयो । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले भने अनुमति माग्न आएका आयातकर्तालाई गुणस्तर निश्चित गरेर अनुमति दिने काममात्र आफ्नो भएको श्रेष्ठले बताए । अनुमति नलिई आएको मालसामान के गर्ने भन्ने भन्सार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरोकारको विषय रहेको सुक्खा बन्दरगाह भन्सारका प्रमुख उमेश श्रेष्ठले बताउनु भयो ।
सुक्खा बन्दरगाह भन्सारले जाँचपास नगरेपछि ५०० कन्टेनर बन्दरगाहमै रोकिएका छन् । बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलले ती कन्टेनर यार्डबाट हटाएर गोदाममा पठाउने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.