Ultimate magazine theme for WordPress.

वीरगंज महानगरपालिकालाई बदनाम गर्ने षडयन्त्र, षडयन्त्रकारी माथि कारवाही कस्ले गर्ने ?

264

उमेश दुबे
पर्सा, २० बैशाख ÷ पर्सा जिल्लाको एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकाका अध्यक्ष बिजय सरावगीलाई बदनाम गर्ने षडयन्त्र भइरहेको छ । विश्वभरी फैलिएको कोरोना भाईरसको महामारीमा आफ्नो ज्यानको बाजी लगाई जनता माझ लोकप्रियता समेत हासिल गर्न सफल भएका मेयर सरावगीलाई बदनाम गर्ने षडयन्त्र भइरहेको हो ।
यस्तो महामारीको बेलापनि जनता अगाडी पुगी सुःख, दुःखको साटासाट गरिरहेकै बेला पार्टीगत कुरालाई एजेन्डा बनाई बदनाम गर्ने षडयन्त्र भइरहेको बारे प्रष्ट भएको छ । वीरगंज महानगरपालिकाका अध्यक्ष बिजय सरावगीले स्थानीय चुनाव जित्नसाथ केही पार्टीका कार्यकर्तादेखी नेता समेत बदनाम गर्नतर्फ अग्रसार देखिएपनि हाल महामारीको समयमा फोहरी राजनीतिले गर्दा महानगरपालिकाका कार्य अधुरो हुदै गएको स्थानिय जनताको गुनासो बढन थालेको हो ।
यता वीरगंज महानगरपालिकाका अध्यक्ष बिजय सरावगीले आफु बिरुद्ध जति पनि षडयन्त्र गरेपनि फरक नपर्ने बताउनु भएको छ । वीरगंज महानगरपालिका भित्र रहेका ३२ वटै वडँहरुका जनताको लागि आफु जहिलेपनि अग्रसर रहने बताउनु भयो । ३२ वटै वडाका जनताहरुको लागि आफु कहिलेपनि पछि नहट्ने उनले बताए । केही राजनीतिकर्मीले आफु बिरुद्ध लागेपनि स्वीकार गर्दै अगाडी बढेको ठोकुवा गर्नुभयो ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मीले लगाएको आरोप निराधार रहेको बारे दुईमत नरहेको प्रष्ट भएको छ । वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी लगायतका समुहले चुनाव जित्नसाथ पिपरा मठियाको जग्गा प्रकरणमा समेत सहभागि भई गुठी संस्थानको जग्गा बिक्रि बितरण गरेको आरोप लागेको थियो । अदालतबाट ५(पाच) लाख धरौटीमा रिहा भएको समेत संचार माध्यममा उजागर भएको थियो । त्यस काण्डमा मेयर सरावगीले कुर्मीलाई सहयोग नगरी कारवाही गर्न मांग समेत राखेका थिए । त्यही अनुरुप वडा नम्बर १४ का वडा अध्यक्ष कुर्मी मेयर सरावगीलाई बदनाम गर्न खोजेको स्थानीय पिपरावासी नै बताउछन ।
भनिन्छ राजनीति जनता सेवाको लागि गरिन्छ तर यस्तो महामारीको बेला आफ्नो रिसिबि र स्वार्थमा गरेको फोहरी राजनीति हेरी जनता आश्चर्यमा पर्न थालेका छन । तसर्थ ः यस्तो समयमा पनि फोहरी राजनीति गर्ने र अर्काले गरिरहेको कार्य प्रति अंकुश लगाउने प्रयास गरेको फोहरी राजनीतिकर्मीलाई कानुनको दायरामा ल्याउन जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.