Ultimate magazine theme for WordPress.

लक डाउनमा समेत सीमा नाकालाई कमाउ धन्दा बनाउदै पर्सा प्रहरी

5,528

उमेश दुबे
पर्सा, २० बैशाख ÷ नेपालकै आर्थिक नगरीको रुपमा रहेको वीरगंज भन्सार हालको समयमा बन्द रहेको बताइएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटीङमा तस्करी कार्य सुचारु भएको छ । भारतबाट आयात हुने तरकारीको मालवाहक सवारी साधनमा अवैध रुपमा तस्करीका कार्यहरु सुचारु भएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सुचारु भएको तस्करीको कार्य वापत जिल्ला प्रहरी प्रमुखलाई समेत रकम पुग्ने गरेको प्रहरी श्रोतको दावी रहेको छ । लक डाउन ४० दिन बिति सक्दा नेपाल भित्र जम्मा रहेका रजनिगन्धा घुटखा पाउन छाडेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई लाखौ नजराना बुझाए वापत मुल भन्सार हुदै तस्करी कार्य सुचारु भएको बुझिन्छ । श्रोतले जनाए अनुसार प्रहरी प्रमुखलाई रकम पुगे पश्चात सीमा नाकामा रोक्न नमिलेकै कारण आफुहरु नरोकेको बताए ।
विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीकै बेला प्रहरीले ग्रिन सिग्नल दिनसाथ तस्करी कार्य सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली इन्चार्ज प्रहरी निरीक्षक रबि भुषण यादवको माध्यममा रकम जाने गरेको र सशस्त्र प्रहरीतर्फ वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीको माध्यमले सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरलाई रकम बुझाए पश्चात सेटीङको माध्यममा तस्करी भइरहेको एक जना तस्कर श्रोतले नै जनाए ।
कोरोना भाइरसको कहरले नेपाली नागरिक त्रासमा जिवन यापन गर्न बाध्य भएपनि नेपाली नागरिकको जिउधनको सुरक्षाको निम्ति खटिएका प्रहरीहरु नै गैर जिम्मेवारीपनले कार्य गर्नु बिडम्बनाको बिषय बनेको छ । माथिल्लो निकायले रकम बुझे पश्चात ठूला वडा तस्करहरु सलबलाउन थाल्छन तर यस्तो समयमा प्रहरीको गैर जिम्मेवारीपनले नेपाली नागरिक माथि परिरहेको असरको मध्य नजर गर्दै प्रदेश नम्बर २ का द्वय डिआईजी धिरज प्रताप सिंह र राजु अर्यालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.