Ultimate magazine theme for WordPress.

वीरगंज भन्सार हुदै नेपाल भित्रिएको भारतीय ट्रकबाट लाखौको कपडा बरामद

334

उमेश दुबे
पर्सा, १ असोज ÷ वीरगंज भन्सारमा चेकजाच गरेर नेपाल भित्रिएको भारतीय ट्रकबाट लाखौ बराबरको कपडा सशस्त्र प्रहरी बलले बरामद गरेको छ । वीरगंज भन्सारको कागजी प्रकृयामा मात्र चेकजाच हुने गरेको ट्रकबाट अवैध रुपमा लाखौ बराबरको कपडा बरामद भएको हो ।
सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाट खटिएको टोलीले भारतबाट वीरगंज भन्सार हुदै नेपाल भित्रिएको भारतीय ट्रकबाट २४ पोका रहेको लाखौ बराबरको कपडा बरामद गरेको हो । सूचना आउनसाथ सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ मुख्यालयका प्रमुख डिआईजी राजु अर्यालको निर्देशनमा खटिएको टोलीले वीरगंज भन्सारबाट नेपाल भित्रिदै गरेको अवस्थामा रजत जन्ती चौकबाट नियन्त्रणमा लिएका थिए । सशस्त्र प्रहरी बलका डिआईजी राजु अर्यालका अनुसार सूचनाको आधारमा करिब २० दिन अगाडी भारतीय ट्रकलाई वीरगंज भन्सार नजिकै रहेको रजतजन्ती चौकबाट नियन्त्रणमा लिएर आवाश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएका थिए ।
भारतबाट पेपर लोड गरी नेपाल भित्रिने ट्रकहरुमा कपडा तस्करी भइरहेको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको डिआईजी अर्यालले बताउनु भयो । उहाले सशस्त्र प्रहरी बलले सीमामा कडाई गर्नसाथ तस्करहरुले तस्करी गर्ने मुहार नै फेरिएको यहि घटनाबाट प्रष्ट भएको बताउनु भयो । ओ.आर १४ एक्स २१९६ नम्बरको भारतीय ट्रकमा पेपर लोड रहेको र सोही गाडीमा २४ पोका कपडा रहेको बिशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बलका डिआईजी अर्यालले बताउनु भयो ।
सशस्त्र प्रहरी बलले पक्राउ गरेको ट्रक अवाश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाए पश्चात राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका प्रमुख राजन कुमार बिसिले अनुसन्धान प्रकृया अगाडी बढाएका छन् । वीरगंज भन्सार हुदै भित्रिएको भारतीय ट्रकमा को कस्को गल्ती र लापरवाहीको बिषयमा अनुसन्धान प्रकृया अगाडी बढाइएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन कुमार बिसिले बताउनु भयो ।
भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा पेपर बोकेको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरी अवाश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको र सो भारतीय ट्रकबाट २४ पोका कपडा बरामद भएको कार्यालय प्रमुख राजन कुमार बिसिले बताउनु भयो । सशस्त्र प्रहरी बलले पक्राउ गरिएको ट्रक वीरगंज भन्सार हुदै नेपाल भित्रिएकोले के कस्को गल्ती र लापरवाही हो यसको बिषयमा अनुसन्धान अगाडी बढाइएको कार्यालय प्रमुख बिसिले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.