Ultimate magazine theme for WordPress.

श्री भवानि अस्पतालमा डाक्टर स्वेताको लापरवाहीले एक जना गर्भवति महिलाको मृत्यु

2,138

उमेश दुबे
पर्सा, ३० भाद्र ÷ पर्सा जिल्लाको एक मात्र महानगरपालिका, वीरगंज महानगरपालिका भित्र संचालनमा रहेको श्री भवानि अस्पतालका डाक्टर स्वेता चौधरी कर्णको लापरवाहीले एक जना गर्भवति महिलाको मृत्यु भएको छ । श्री भवानि अस्पतालमा उपचार गराउन आएकी गर्भवति महिलाको डाक्टरकै लापरवाहीले गर्दा मृत्यु हुन पुगेको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको श्री भवानि अस्पतालका डाक्टर स्वेता चौधरी कर्णको लापरवाहीले वीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ३५ बर्षिय गायत्री देवी उपचार गराउन गएकी गर्भवति महिलाको मृत्यु भएको आफ्न्तले आरोप लगाएका छन् । डाक्टरको सल्लाह सुझाव अनुसार उपचार गराइरहेको क्रममा अप्रेशन गराउन सहमत भएको आफ्न्तले बताए । तर डाक्टर स्वेता चौधरी कर्णले अल्ट्रासाउण्ड गराएपनि पाठेघरमा समस्या भएको बताएपनि मनोमानी तरिकाले आन्द्रालाई चलाउदा मृत्यु हुन पुगेको आफ्न्तले बताए । उनका अनुसार डाक्टरले चेकजाच गर्दा पाठेघरमा समस्या बताइएको तर अप्रेशन गर्दा आन्द्रामा ब्लेडले काटिदा इफेक्सन भएको आरोप लगाए ।
डाक्टर स्वेता चौधरी कर्ण, पाठेघरको अप्रेशन गर्दा आन्द्रामा ब्लेड अथवा कुनै समाग्रीले चलाएको हुदा इफेक्सन फैलिएको पिडितले बताए । यस बिषयमा श्री भवानि अस्पतालका मैनेजिङ डाइरेक्टर रामराज श्रेष्ठ संग बुझदा उहाले केमरा अगाडी केही भन्न चाहेन्न । आरोप लागेका डाक्टर स्वेता चौधरी कर्णले यस अनलाइन संग कुरा गर्दै आफु संग केही गल्ती नभएको बताइन । उहाले अप्रेशन गर्दा समस्या भएको र भवानि अस्पतालमा भेल्टीनेटर नभएको कारण यस्तो दुर्घटना हुन सक्ने भन्दै पन्छिन खोज्नु भयो । डाक्टर स्वेता चौधरी कर्णले पिडितले त्यसरी भन्न नमिल्ने भन्दै बाहिर निस्केकी थिइन ।
श्री भवानि अस्पतालमा पटक पटक यस्ता क्रियाकलाप तथा यस्ता घटनाहरु दोहोरिनुको कारणको बिषयमा अस्पतालका एमडी रामराज श्रेष्ठ संग बुझन वहाको कार्यालय पुग्दा झुरुक्क उठेर पलायन भएका थिए । केही मेडियाकर्मीलाई हेर्न साथ एमडी श्रेष्ठ भण्डाफोर हुने डरले कार्यालय नै छोडी पलायन भएका थिए । वीरगंज महानगरपालिका भित्र संचालनमा रहेका श्री भवानि अस्पताल जस्तो धेरै जस्तो अस्पताल र डाक्टरहरु माथि हालसम्म कारवाही नहुदा यस्ता घटनाहरु दोहोरिरहेको हुन सक्ने आशंका गरिएको छ ।

Leave A Reply

Your email address will not be published.