Ultimate magazine theme for WordPress.

लहानको नापी कार्यालय डिजिटलमा परिवर्तन

167

मुकेश यादव
श्रावण १७ लहान । सिरहा जिल्लामा २ ओटा नापी कार्यालय भएपनि लहान नापी कार्यालय पहिलो पल्ट डिजिटलमा परिवर्तन गरिएको छ । नापी कार्यालय लहान डिजिटलमा परिवर्तन हुनसाथ कर्मचारीहरु तोकिएको भन्दा बढी समयसम्म काम गर्न थालेको बताइएको छ । बिहान ७ देखि ९ वजे सम्म कार्यालय भित्र कर्मचारीहरुलाई नापी कार्यालय प्रमुख ई.रविन सिंहको पहलमा कार्यरत कर्मचारीलाई कमप्युटर प्रविधिवाट कित्ताकाट तालिम दिएको छ ।
भु—माफियाहरुले नापी कार्यालयलाई आफ्नो कमाई खाने भाडो बनाएकै समयमा कार्यालय प्रमुखको रुपमा रविन सिंहको आग्मन हुनसाथ नापी कार्यालयको बिचौलीयाहरु पलायन भएका छन् । नापी कार्यालयमा बिचौलियाहरुको बिगबिगी बढेकै कारण चारैतिर सिसि टिभिको जडान गरिएको र सबै कर्मचारी माथि निगरानी बढाइएको कार्यालय प्रमुख सिंहले बताउनु भयो । पहिले पहिले भुमफिया, जग्गा कारोवारी, लिखनदासहरुले आफै कार्यालयमा पसेर मनपरी काम गर्थे त्यस कारणले ५० प्रतिशत नक्सा हराएको उनले बताए । बिचौलिया र लेखनदासहरुले गर्दा काम गराउन आउने सर्वसधारणलाई सास्ती खेप्नु परिरहेकोले आफ्नो कार्यकालमा नापी कार्यालयलाई सुधार्ने बताउनु भयो ।
कार्यालय प्रमुख सिंहले आफु आएपछि आएपछि भुमफिया, जग्गा कारोवारी, लिखनदासहरुले कार्यालय भित्र छिर्न समेत रोक लगाएको बताउनु भयो । उहाले कुरा गर्दै सम्पूर्ण नक्सा डिजिटल कम्पुटर प्रविधि वाटनै दिएपछि नक्सा वाट दिनहु राजश्व २० हजार भन्दा वढी राजस्व उठन थालिएको वताउनु भयो । तोकिएको जिम्मेवारी कार्यालय समय भित्र सम्पादन गर्न ‘कर्मचारीको चरम अभाव रहेपनि कर्मचारीहरुले नै व्यवस्थित रुपमा काम गर्न थालेपछि सेवाग्राहीहरुलाई सहज भएको छ’ उनले भने । पहिला पहिला मुद्दा र विवादित जग्गाको कित्ताकाट गर्न समय लागथ्यो तर अहिले डिजिटल प्रविधि भएपछि सजिलो, समयमै काम हुन थालेको छ । श्रेस्ताको व्यान्डिग गर्न ५० देखि ७० हजार रकम आउछ तर विगतको ५ वर्षदेखि व्यान्डिग गरेको थिएन तर आफु आएपछि सवै श्रेस्ताहरुलाई व्यान्डिग गराएको छु सिंहले भने ।
विगतको दिनमा नापी कार्यालय जे भएपनि अव सेवाग्राहीहरुलाई बिचौलियाबाट जोगाउनको लगि व्लु प्रिन्ट कम्पयुटर प्रिन्ट मार्फत सेवा सुचारु गरिसकेको र ट्रेस नक्सालाई पनि निरुत्साहत गरिएको छ । फिल्डवुकको प्रतिलिपि कम्पयुटर वाटै दिन शुरु गरिएको कार्यालय प्रमुख रविन सिंहले जानकारी दिनुभयो । कार्यालय प्रमुख सिंहले उठाएको यस कदमले सेवाग्रही समयमै कार्य पूरा भइरहेको बताइएको छ । शुरु शुरुमा बिचौलीयाहरु आ—आफ्नो कमाईको रुपमा प्रयोग गरेका थिए तर हालको समयमा समयमै कार्य सम्पन्न हुने गरेकोले आफ्नो समय समेत बचत भएको एक जना सेवाग्राहीले बताए । घुस लिने कर्मचारीहरु हालको समयमा साध भएको बताए । कार्यालय प्रमुख सिंहले चालेको यस कदमलाई स्थानियले सराहनीय कार्य गरेको प्रशंसा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.