Ultimate magazine theme for WordPress.

बाराको घुमुवा जिल्लामा मचाए आर्थिक तान्डव, प्रहरी प्रमुख मौन

195

उमेश दुबे
बारा, १२ श्रावण / जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले सीमा लगायत विभिन्न ठाउहरूमा आर्थिक तान्डव गरेपनी प्रहरी प्रमुख मौन रहेका छन । जिल्लामा शान्ती सुरक्षा कायम रहेको ठोकुवा गरिरहेको बारा प्रहरीले गर्दा नै जिल्लामा असुरक्षा महसूस भइरहेको बारावासीको भनाइ रहेको छ ।
शान्ति सुरक्षाको निम्ति खटिएका प्रहरीले नै आर्थिक कलेक्सनमा जुटदा शान्ती सुरक्षा मात्र नामको लागि प्रहरी परिचालन भएको बारावासीले दुखेसो पोखेका छन । बारा प्रहरीले जिल्लामा घटना हुन नदिन वाचाका साथ अगाडी बढ्छन तर वास्तवमा बारा जिल्लामा अपराधी क्रियाकलाप बढ्दै गएको बारावासीले महसूस गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको २ जना घुमुवाले शान्ती सुरक्षाको नाममा सीमा लगायत विभिन्न ठाउहरूबाट आर्थिक कलेक्सनमा ब्यस्त रहेका छन ।
आफूलाइ इमान्दार ठानिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले आफ्नो नजिक रहेको दुई जना हनुमानलाइ आर्थिक कलेक्सनमा जुटाएको बुझिन्छ । तस्करी कार्यदेखी लिएर मदिराभट्टिबाट समेत रकम उठाउदै गरेको तथ्य सार्वजनिक भएको छ । बाराका प्रहरी उपरीक्षक भट्टराईले प्रहरी सहायक निरीक्षक गान्धी ठाकुरको कमान्डमा प्रहरी जवान बिश्वम्भर यादवलाई आर्थिक कलेक्सनमा खटाइएको व्यापक रूपमा चर्चाको बिषय बनेको छ ।
प्रहरी सहायक निरीक्षक गान्धी ठाकुर एसपि भट्टराईको बिश्वासिला पात्रको रूपमा चिनिन्छ्न । सीमादेखी लिएर मदिराभट्टी सन्चालन वापतको साथ साथै कुनै मुदा मिलाउनु पर्ने ठाकुर र यादव मोटो रकमको नजराना बुझी मात्र मिलाउने गरेको पाइएको छ । केही महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलिले घुमुवा पासवानलाइ घुस लिदा लिदै रङ्गेहात पक्राउ गर्नसाथ बन्द रहेको सीमा नाका प्रहरी सहायक निरीक्षक ठाकुर र प्रहरी जवान यादवको सहयोगमा पुन : सुचारू भएको हो ।
बाराको सीमा नाकाबाट कुख्यात तस्कर खेना, राज, राजकिसोर, सुबाश लगायत दर्जनौ तस्करहरू सक्रिय भएका छन भने बन्द रहेको दर्जनौ मदिरा भट्टी समेत सन्चालनमा आएको छ । शान्ती सुरक्षाको ढकोसला गर्ने जिल्ला प्रमुख भट्टराई आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाएको प्रष्ट भएको छ । तस्कर र मदिरा भट्टि सन्चालक सङ २० हजारदेखि २ लाखसम्म महिनवारी स्वरूप रकम उठाएको श्रोतको दाबी रहेको छ ।
नेपाल प्रहरी अबल प्रहरीको दावा दिने केही प्रमुखको निर्देशनलाइ समेत धज्जी उडाउदै घुमुवा परिचालन गरि जिल्ला प्रमुख लाखौ आर्जन गर्न सफल भएका छन । तसर्थ नेपाल प्रहरी संगठन इमन्दार रहेको भन्नू अगाडी आफ्नै संगठन भित्र रहेका यस्ता घुस्याहा माथी ध्यान दिन जरूरी छ ।

Leave A Reply

Your email address will not be published.