Ultimate magazine theme for WordPress.

लक डाउनमा पनि बजारदेखी मदिराभट्टीसम्म संचालन, प्रहरी प्रशासन बने मुखदर्शक

231

उमेश दुबे
बारा, २ बैशाख ÷ बाराको बिभिन्न ठाउहरुमा लक डाउन उल्लंघनकर्ताहरुको संख्यामा बृद्धि भएपनि प्रहरी प्रशासन मुखदर्शक बनेका छन् । प्रहरी प्रशासनको यस्तो बनेको मुखदर्शकले बारावासीहरुको जिउधन संग खेलवाड भइरहेको बारे बुझिन्छ । बाराको कलैया बजार, गंगानर, परवानिपुर लगायत बिभिन्न ठाउहरुमा लक डाउनलाई बेवास्ता गर्दै बजारहरु संचालनमा आउनुको साथै मदिराभट्टी समेत संचालनमा आएको हो ।
नेपाल र भारत सीमा खुल्ला भएको कारण केही दिन अगाडीसम्म नेपाल भित्रिन सफल भएका केही व्यक्तिहरुले गर्दा कोरोनाको त्रासमा बसेकाहरु बजारहरु संचालनमा आउनसाथ झन त्रासमा बस्न बाध्य भएका हुन । नेपाल सरकारले लागु गरेको लक डाउनलाई बेवास्ता गरी हिडडुल ठप्प भएको ठोकुवा गर्ने प्रहरीहरु गलत सावित भएको यसै प्रमाणबाट प्रष्ट हुन्छ ।
स्थानिय जन प्रतिनिधि लगायत प्रहरी प्रशासनको मुख्य जिम्मेवारी भएपनि हालसम्म बाराको बिभिन्न ठाउहरुमा लक डाउनलाई उल्लंघन गर्दै व्यापक रुपमा बजार र खदान्य समाग्रीको पसलहरु संचालनमा आएको छ । बाराको सिम्रौणगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बजार लगायत बिभिन्न ठाउहरुमा बजारहरु संचालनमा आएको जनाइएको छ ।
यता बाराको सिम्रौणगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेश राय यादवले स्थानिय प्रहरी प्रशासनमा खबर नगरिएको कारण प्रहरीलाई केही जानकारी नभएको हुन सक्ने स्थानियले बताए । इलाका प्रहरी कार्यालय सिम्रौणगढको मातहातमा पर्ने गंगानगर बजार दिनहु संचालनमा आउने गरेको र करिब २ हजार भन्दा बढीको सर्वसधारणको भिड हुने गरेको स्थानियले बताए ।
प्रहरीहरुको मात्र गल्ती नभई स्थानिय सरकारले समेत गल्ती गर्दै आएको एक जना समाजसेवीले बताएका छन् । प्रहरी प्रशासनको साथ साथै स्थानिय सरकारको समेत कोरोना बिरुद्धको लडाईमा नेपाल सरकारले जारी गरेको लक डाउनलाई सफल पार्न प्रमुख दायीत्व रहेपनि स्थानिय सरकार समेत मौन बस्नु बिडम्बनाको बिषय रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.