Ultimate magazine theme for WordPress.

यौन व्यवसाय वीरगंजको सेकेन्ड बाइपासमा फस्टाउदै, प्रहरी प्रमुख मौन

728

पर्सा, २९ कार्तिक ÷ वीरगंज महानगरपालिकाको बिभिन्न ठाउहरुमा यौन व्यवजसाय फस्टाएपनि प्रहरी प्रमुख मौन बसेका छन् । वीरगंज महानगरपालिकाको सेकेन्ड बाइपासमा यौन व्यवसाय फस्टाएकोले सर्वसधारणलाई सास्ती खेप्नु परेको हो ।
नेपाली नागरिकको जिउधनको जिम्मेवारी तथा शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले केही रकमीको चलखेलका कारण फस्टाउदै गएको यौन व्यवसायलाई रोक्न नसकेको स्थानियले आरोप लगाएका छन् । साझको ७ बज्नसाथ वीरगंजको सेकेन्ड वाइपासमा तेश्रो लिङगी आवत जावत गर्ने सर्वसधारणलाई दुःख दिने गरेको बताउछन् स्थानियले । खयाप्ती खयाप्ती बढदै गएको तेश्रो लिंगीका कारण आवत जावत गर्ने सर्वसधारणले दुःख झेल्नु परेको यात्रीहरु बताउछन् ।
वीरगंजको शान्ति सुरक्षा कायम रहेको ठोकुवा गर्दै आएको नेपाल प्रहरीले चासो नै नहेराउदा दिनप्रति दिन यौनकर्मीहरुको बिगबिगी बढेको हो । सेकेन्ड वाइपास हुदै आवत जावत गर्ने युवा÷युवती माथि समेत नकरात्मक असर परिरहेको स्थानिय बताउछन् । रातिको बेलामा गस्ती गर्ने प्रहरीहरु समेत नजराना बुझने गरेको बताइन्छ । रात्री सेवाको नाममा खटिएका प्रहरीहरु प्रति दिन यौनकर्मीहरु संग रकम बुझदै धन्दा गराइरहेको स्थानिय नागरिकले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोभेन्द्र सिंह राथोडले आफ्नो कार्यकालमा दोषी प्रहरीलाई कारवाही गरिने भनेतापनि सेकेन्ड वाइपासमा बिगबिगी बढेको तेश्रो लिंगीको आतंक र रकम खाने प्रहरी अधिकारीहरुलाई कारवाही समेत गर्न नसक्नु के कतिको इमान्दारीता रहेको बारे प्रष्ट हुन्छ ।

Leave A Reply

Your email address will not be published.