Ultimate magazine theme for WordPress.

बाराको सिम्रौणगढ सतुआही नाकामा सशस्त्र प्रहरी र छोहडा तस्कर बिच झडप, दुई सशस्त्र प्रहरी घाइते

320

उमेश दुबे
बारा, ३० कार्तिक / बारा सिम्रौणगढ सतुवाही नाकामा सशस्त्र प्रहरी र छोहडा तस्कर बिच झडप हुदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन । तस्कर समूहले बिगत केही दिनदेखी स्थानिय प्रहरी प्रशासनको सहयोगमा नेपालबाट भारततर्फ प्रती दिन १० देखि १५ टन छोहडा निर्यात गर्न सफल भएका हुन ।
सिम्रौणगढको सतुवाही नाकाबाट मात्र दैनिक ५ टन देखि ८ टनसम्म छोहडा तस्करी बाटो हुँदै भारतको घोडासहन पुग्ने गरेको बताइन्छ । नेपालबाट भारततर्फ छोहडा निर्यात गर्दा प्रती किलोग्राम ६० देखि ८० रूपैया फाइदा हुने गरेकोले स्थानिय प्रहरी प्रशासनको सहयोगमा छोहडा तस्करी बढेको बताइन्छ ।
प्रती दिन सतुवाही नाकाबाट छोहडा तस्करी भइरहेको सूचनाको अधारमा बोर्डर आउट पोस्ट पिपरपातीबाट सशस्त्र प्रहरी नायब निरीक्षकको टोलिले पक्राउ गर्न जादा झडप हुन पुगेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बलले जनाए अनुसार सतुवाही नाकाबाट करीब ४०-५० वटा मोटरसाइकलमा लोड भएर आएको छोहडा नियन्त्रणमा लिन खोज्दा स्थानियको सहयोगमा तस्करहरूले आक्रमण गरेका थिए । तस्करहरूले आक्रमण गर्दा दुई जना सशस्त्र प्रहरीका जवान घाइते भएको र नियन्त्रणमा लिएको छोहडा तस्करहरू लूटेर लगेको सशस्त्र प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका दुई जना सशस्त्र प्रहरी जवानको उपचार भइरहेपनी स्थानियले केही त्यस्तो घटना नघटेको बताएका छन । सादा पोशाकमा आएका प्रहरी टोलिलाइ चिन्न नसकेर चोरको हल्ला हुनसाथ भिडन्त भएको र त्यहाबाट प्रहरी भागेको स्थानियले बताएका छन ।
एक जना अर्का स्थानियले आफ्नो नाम नछाप्ने सर्तमा सतुवाही नाकाबाट छोहडा तस्करी नरूकेको बताएका छन । रातिको समयमा मोटरसाइकल, साइकलको माध्यमले छोहडा तस्करी बाटो हुँदै भारतको घोडासहन पुग्ने गरेको बताए । उहाले तस्करी कार्यमा स्थानिय नै बढी सहभागी भएका कारण झडप हुन पुगेको बताए । नेपालतर्फको प्रहरी र भारतिय एसएसबीलाई मिलाएर रातभरी छोहडा तस्करी हुन्छ तर बाहिरबाट आउने टोलि माथी आक्रमण हुने गरेको कुनै नौलो कुरो नभएको बताए । तस्कर संगठनले आफ्नो अड्डाको रूपमा सिम्रौणगढ नाकालाइ प्रयोग गर्दै आएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.