Ultimate magazine theme for WordPress.

भिस्वा नाका तस्करको अखडामा परिणत, समबन्धित निकाय मुखदर्शक

358

पर्सा, ४ बैशाख / पर्सा ग्रामिण क्षेत्रको मुख्य नाकाको रूपमा मानिने भिस्वा नाका अहिलेको परिवेशमा तस्करको अखडाको रूपमा रूपान्तरण हुँदै गएपनी समबन्धित निकाय मुखदर्शक बन्न बाहेक केही गर्न नसकेको प्रष्ट भएको छ । भिस्वा नाका हुँदै तस्कर गिरोहरू सकृय रहेपनी नाकामा खटिने गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत माथिल्लो निकायले समेत आर्थिक प्रलोभनमा परि मौन धारण गरेका हुन ।
बिगत केही महिना अगाडी सशस्त्र प्रहरी बल नेपालको तर्फबाट खटिएको स्कवाड टोलिले धमाधम मालसमान पक्राउ गर्नसाथ सीमा नाकाबाट अबैध क्रियाकलाप बन्द भएको थियो तर हालको समयमा स्कवाड टोलिले समेत आर्थिक चलखेल गरे पश्चात् भिस्वा नाका तस्कर गिरोहको अखडा बनेको स्थानीयले जनाएका छन । स्थानीयले बताए अनुसार प्रहरीले चाहे अनुसार मात्र तस्करीको कार्य फस्टाउने गरिन्छ । प्रहरीले लाइन खोले बिरगंजबाट सजिलै तरिकाले भिस्वा बजारसम्म मालसमान पुग्ने गरिन्छ तर प्रहरीले पैसा नखाए भिस्वामा आउने मालसमान बिचबाटो बाट्टै पक्राउ गरि भन्सार दाखिला हुन्छ, उनले बताए । प्रहरी इमान्दार भए तस्करी गर्ने गिरोहको सखाप हुन बेर लाग्दैन तर यहाँ स्थानीय प्रहरीदेखि माथिल्लो हाकिम भनाउने जिल्ला प्रहरी कार्यालय पर्सा, क्राइम टोलि, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख, स्कवाड टोलि लगायत प्रदेश प्रहरी प्रमुखको नाममा समेत रकम बाडफाड भएको कारण तस्करी कार्य बन्द हुन नसकेको उनले दुखेसो पोखे ।
भिस्वा नाकामा पुग्न स्थानीय प्रहरी चौकी अथवा स्थानीय बोर्डर आउट पोस्टका कमान्डको लागि माथिल्लो निकायबाट्टै रकमको बाडफाड हुने गरेको दुइमत नरहेपनी आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाएको हेर्दा लाजमर्दो कुरो रहेको भन्दै प्रहरी श्रोतले नै जनाएको छ । श्रोतले जनाए अनुसार तस्करी गराउनको निम्ति हाम्रै भित्रका केही भ्रष्ट प्रहरीले गर्दा प्रती दिन १५ देखि २० वटा ट्रयाक्टरको माध्यमले मालसमान अबैध तरिकाले आयात निर्यात हुने गरेको बताए । उनका अनुसार भिस्वा नाका हुँदै कबाड, कपडा, इलेक्ट्रोनिक्स समाग्री, हार्डवेयर, कस्मेटिक आइटम लगायतको कार्य हुने गरेपनी कवाडको लाइन ठूलो मात्रामा चलेको उनले स्विकार्दै आफ्नो हाकिमहरू नै भ्रष्ट रहेको आरोप लगाए ।
पर्सा जिल्लामा आफू इमान्दारिता पूर्वक काम गरिरहेको ठोकुवा गर्दै आएका प्रहरी प्रमुखहरूको यस बिषयमा ध्यान अहिलेपनी जान्छ कि जादैन देख्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.