Ultimate magazine theme for WordPress.

डिआइजी गौतम र एसपी खडकाको नाम भजाउदै नाका खोले सशस्त्र प्रहरी निरीक्षक भुजेल

793

पर्सा, ५ बैशाख / पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने सबैठवा नाका हुदै डिआइजी चन्द्रप्रकाश गौतम र सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको नाम भजाउदै सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलले नाकाबाट अबैध कारोबार गर्नेहरूको लाइन सुचारू गरेको पाइएको छ । बोर्डर आउट पोस्ट सबैठवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलले सीमा नाकाबाट हुने अबैध कारोबार गर्ने गिरोह सङ्ग मासिक लाखौ रूपैया नजराना बुझी तस्करीको लाइन सुचारू गरेका हुन ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख चन्द्रप्रकाश गौतम र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले सीमा नाकाबाट हुने अबैध क्रियाकलाप बन्द गर्न गराउनुको साथै कडा निगरानी बढाउन निर्देशन दिएपनी सबैठवा नाका हुँदै तस्करीको कार्य तिब्र रूपले अगाडी बढेको छ । सबैठवा नाका हुँदै कपडा, भैसी र पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको हो । आफ्नो फुलीको पावर देखाउदै सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलले आफ्नो माथिल्लो निकायको आदेशलाइ धज्जी उडाउदै सीमा नाकालाइ कमाइ खाने भाडो बनाएको अहिलेको परिवेशले प्रष्ट पारेको हो ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालमा केही इमान्दारिता बोकेका प्रहरी अधिकारीहरू समेत रहेपनी केही आर्थिक प्रलोभनमा परेका प्रहरी कर्मचारीले नाम बदनाम गर्दै रकम उठाउने गरेको पाइएको छ । स्थानीय जनताले दुख परेको बेला अथवा रास्ट्रको रकम दुरूपयोग भइरहेको बेला प्रहरी संगठनमा खबर गर्ने गरेतापनी प्रहरी अधिकारी केही रकमको लोभमा आफ्नै संगठनका जिम्मेवार ब्यक्तिहरूको छवि खराब गर्ने गरेको रहस्य खुलेको छ ।
बोर्डर आउट पोस्ट सबैठवाका एक जना प्रहरी श्रोतका अनुसार तस्करी गर्ने गिरोहहरू सङ्ग मासिक ४ लाख रूपैया बुझे पश्चात् तस्करीको लाइन सुचारू गरेको बताए । सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलले आफ्नो माथिल्लो निकायको पदाधिकारीहरू सङ्ग कुरो मिलेको भन्दै तस्करीको लाइन दिएको बताए । माथिल्लो निकाय सङ्ग तस्करीको बिषयमा केही कुरा नभएपनी आफ्नो मनोमानी ढङ्गले मासिक नजराना बुझी तस्करीको लाइन दिएको बताए ।
सीमा गतिविधिको साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापको निगरानी गर्न सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेललाइ खटाएपनी आफ्नै हाकिमको आदेशलाइ लत्याउदै तस्करीको लाइन खुल्ला गर्नु सशस्त्र प्रहरी संगठनमै प्रश्न बिषय खडा भएको छ । तस्करीको लाइन खुल्ला गर्ने बिओपी सबैठवा र बन्जारी जस्ता पोस्टका प्रमुखहरू माथी डिआइजी चन्द्रप्रकाश गौतम र सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.