Ultimate magazine theme for WordPress.

बाराको सीमा नाकाबाट ११ जना मुस्लिम समुदायलाई क्वारेन्टाइनको लागि वीरगंज ल्याइयो

445

उमेश दुबे
पर्सा, २० चैत ÷ नेपाल र भारतको खुल्ला सीमा नाकामा कोरोना भाइरसले गर्दा सशस्त्र प्रहरीको निगरानीले ११ जना मुस्लिम समुदायलाई क्वारेन्टाइनको लागि वीरगंज ल्याइएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार भारतबाट चोर बाटो हुदै नेपाल प्रवेश गरेका ११ जना मुस्लिम समुदायलाई सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिई क्वारेन्टाइनको लागि वीरगंज पठाइएको हो ।
बाराको सीमा नाकामा पर्ने कल्यानपुर हुदै नेपाल भित्रिरहेको ११ जना मुस्लिम समुदायलाई बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिएका मुस्लिम समुदाय सप्तरी जिल्ला निवासी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । जमातबाट आएका मुस्लिम समुदायहरु कोरोना भाइरसको चपेटामा परेको आशंका हुनसाथ नियन्त्रणमा लिई चेकजाचको लागी वीरगंज स्थित संचालनमा रहेको क्वारेन्टाइनमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.