Ultimate magazine theme for WordPress.

सीमा नाकामा सशस्त्र प्रहरीको ४५ सय थप जनशक्ति परिचालन

764

उमेश दुबे
पर्सा, २७ चैत्र ÷ नेपाल र भारतको बिभिन्न ४ सय २५ स्थान खुल्ला सीमा नाकामा सशस्त्र प्रहरी बलले आफ्नो जनशक्ति परिचालन गरेको छ । सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीले आफ्नो मातहातमा पर्ने बिभिन्न खुल्ला सीमा नाकामा ४५ सय भन्दा बढी जनशक्ति परिचालन गरेको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट एक हजार थप जनशक्ति परिचालन गर्नुको साथै सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट ३५ सय थप गरी जम्मा ४५ सय जनशक्ति सीमा नाकामा परिचालन गरिएको डिआईजी राजु अर्यालले बताउनु भयो । हालको अवस्थालाई मध्यनजर गरि पुर्ण रुपमा बोर्डर सिल गर्नु अहिलेको महामारीको समयमा महत्वपुर्ण कार्य भएको हु“दा यो एउटा अवसर र चुनौती दुबै भएकोले यसलाई गम्भीर रुपमा लिएर बिभिन्न नाकामा जनशक्ति परिचालन गरिएको बताउनु भयो ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा पनि यसको असर दिनप्रतिदिन बढ्दै गईरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाललाई नेपाल सरकारले बोर्डर सिल गर्न बोर्डर ईलाकामा केन्द्रित गर्ने निर्णय अनुसार यस २ नं. प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपालको जनशक्तिलाई वोर्डर ईलाकामा केन्द्रित गरिएको सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका डिआईजी राजु अर्यालले जानकारी दिनुभयो । गाडी मोवाईल, मोटरसाईकल, साईकल तथा पैदल गस्ती, आकस्मिक चेकजाँच र ईन्टलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरि मानिसहरुको आवतजावतलाई पुर्ण रुपमा रोकिएको अर्यालले बताउनु भयो ।

नेपाल र भारत सरकारको विचमा भएको समझदारी अनुसार दुबै देशका नागरिक जो जहा“ छन् त्यही बस्ने खाने ब्यवस्था गरी सुरक्षित साथ राख्ने भए बमोजिम यस २ नं. प्रदेशमा भारतीय नागरिक १८३ जनाको संख्यामा र नेपाली नागरिकहरु भारत तर्फ ५० जनाको संख्यामा सुरक्षित साथ क्वारेन्टाईनमा राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ । २ नं. प्रदेशमा घनावस्ती, बढि जनसंख्या, खुल्ला सीमना भएको कारणले अतिनै जोखिम हुने हु“दा आम सर्वसाधारण जनतामा सजकता अपनाउन ६१७ स्थानमा हात धुने ब्यवस्था र समय—समयमा स्थानिय (भोजपुरी र मैथीली) भाषामा ५८२ स्थानमा माइकिङ्ग गरी घरमानै बस्न, सामाजिक दुरी कायम गर्न लगायतका जनचेतना फैलाउने कार्य भइरहेको सशस्त्र प्रहरीका डिआईजी राजु अर्यालले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, नेपाली सेना, रा.अ.तथा स्थानिय निकाय र स्वास्थ्यकर्मीहरु संग समन्वय गरी यस प्रदेशमा खुला नाकाहरुबाट आउने जाने कामलाई बन्द गर्नुको साथै सीमा इलाकाको स्थानिय वडा अध्यक्षहरुको संयोजकत्वमा समिति गठन गरी यस सम्बन्धमा निगरानी एवं जनचेतना फैलाउन काम कारवाहीहरु भइरहेको सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीले जनाएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरुको ब्यक्तिगत सुरक्षालाई ध्यान दिई साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, ब्यक्तिगत दुरी कायम राख्ने साथै प्रयोग गर्ने सवारी साधनहरुलाई समेत डेसिनफेक्टेड गरी प्रयोगमा ल्याइएको छ । सेल्फ सुस्टेनको लागि मेडिकल टिम तयारी हालतमा राखिएको, थर्मल गनको ब्यवस्था गरिएको, सबै ब्यारेकहरुलाई सेन्टिलाइजर गर्न आवश्यक बन्दोबस्त मिलाइएको, न्यून संख्यामा भए पनि पिपिईको समेत ब्यवस्था गरिएको छ । अति आवश्यक बिदा बाहेक अन्य बिदा कटौती गरी सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मोरालका साथ यस अभियानमा लाग्न सवैमा उत्प्रेरणा जगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यता भिडियो कन्फ्रेन्स मार्फत ब्रिफिङ भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । सीमा नाकामा जनशक्ति परिचालनको अवस्था बारे सशस्त्र प्रहरी बलका आईजीपि शैलेन्द्र खनालले भिडियो कन्फ्रेन्स मार्फत ब्रिफिङ गरिरहेको बताइएको हो । प्रदेश नम्बर २ को ४ सय ६४ किलोमिटरमा पर्ने ४ सय २५ स्थानमा ड्युटी परिचालन गरेको र सबै युनिटले राम्रो काम कारवाही गरिरहेको पाइएको सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआईजी राजु अर्यालले बताउनु भयो । हालसम्म कोरोना भाइरसको शंकामा क्वारेन्टाइनमा राखिएकोहरु मध्ये एक जनाको पनि पोजेटिभ रिर्पोट नभेटिएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.