Ultimate magazine theme for WordPress.

पर्साको ग्रामीण भेगा हुँदै करोडौको तस्करी, स्थानीय प्रहरी प्रशासन मिलाउन बिचौलिया परिचालन

216

पर्सा, २७ भाद्र / पर्सा जिल्लाको ग्रामीण भेग हुँदै दिन प्रती दिन करोडौको तस्करी भइरहेपनी स्थानीय प्रहरी प्रशासन मुखदर्शक बन्न पुगेको छ । पर्साको धोरे र प्रसौनीभठ्ठा हुँदै दिन प्रती दिन करोडौको तस्करी तिब्र रूपले अगाडी बढेपनी स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक बन्न पुगेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको हेरफेर हुनासाथ केही बिचौलियाहरू प्रहरी चौकी र बि.ओ.पि. मा पुगेर प्रहरी र तस्करको साटघाट मिलाउने परम्पराले हालसम्म तस्करी कार्य नरूकिएको बुझिएको छ । माथिल्लो निकायले जति ठाडो निर्देशन दिएपनी सीमामा हुने अबैध क्रियाकलाप बिचौलियाहरूको कारण नरूकिएको स्थानीयहरूले बताएका छन ।
नेपाल र भारतको सीमामा पर्ने धोरे, प्रसौनिभठ्ठा र आसवारी हुँदै रजनिगन्धा, कपडा, हार्डवेयर, केराउ, सुर्ती लगायतका समाग्री अबैध तरिकाले प्रहरीकै सहयोगमा आयात निर्यात हुने गरेको स्थानीयले आरोप लागाए । मासिक रूपले बिचौलियाहरूको साथ साथै स्थानीय प्रहरी प्रशासनले नजराना बुझे पश्चात् तस्करी फस्टाएको स्थानियले आफ्नो नाम नछाप्ने सर्तमा बताए । फोटो / फाइल फोटो

Leave A Reply

Your email address will not be published.