Ultimate magazine theme for WordPress.

पर्साको सीमा नाका हुँदै खुल्यो तस्करीको लाइन, स्थानीय बि.ओ.पि कै माध्यमले गणपतीलाई नजराना

315

पर्सा, २९ भाद्र / पर्सा जिल्लाको सीमा नाकाहरूबाट तस्करी कार्य सुचारू भएको छ । नेपाल र भारतको सीमा नाकामा खटिएको सशस्त्र प्रहरीको टोलि र स्थानीय प्रहरी चौकीबाट समन्वय भए पश्चात् सीमा नाकाहरूमा निगरानी बढाउनुको साटो तस्करीको लाइन सुचारू गराएका हुन ।
पर्साको श्रीसिया, अलौ, अमरपटी, पकाहा मैनपुर, भिस्वा, आसवारी लगायतको ठाउहरूबाट तस्करी कार्य सुचारू भएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका आएको १ महिना बित्दा नबित्दै तस्करी लाइन सुचारू भएको छ । सीमा नाकाको मुख्य जिम्मेवारी निर्वाह गर्दै आएका सशस्त्र प्रहरीले मासिक नजराना बुझे पश्चात् तस्करी लाइन सुचारू भएको छ ।

सीमामा खटिने सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरूकै माध्यमले मासिक लाखौ रूपैया गणमा पुग्ने गरेको बताइन्छ । बोर्डर आउट पोस्ट श्रीसिया, अलौ, अमरपट्टी, पकहामैनपुर, भिस्वा, भिखमपुर लगायत बि.ओ.पि.का कमान्डरहरूकै माध्यमले सशस्त्र प्रहरी उपरीक्षक खडकाको रकम उठने गरेको छ । सीमा नाकाबाट केराउ, हार्डवेयर, सुर्ती, चपरा, कपडा, इलेक्ट्रोनिक समाग्री, चल्ला, भैसी लगायतको तस्करी कार्य तिब्र रूपले अगाडि बढेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक खडकाको नामले स्थानीय बि.ओ.पिहरू तस्कर सङ्ग रकम उठाए पश्चात्मा सीमा नाका तस्करहरूको अखडा बन्न पुगेको छ । एक जना श्रोतका अनुसार सशस्त्र प्रहरी बल १३ नम्बर गणमा केही दिन अगाडी एक जना बिचौली पुगि यस्तो तरिकाको सुझाव दिए पश्चात् सशस्त्र प्रहरी उपरीक्षकको नामले रकम उठन थालिएको बताइन्छ ।
यता सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनाल र सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्यले सीमा नाकामा कडा रूपले निगरानी बढाउन निर्देशन दिएपनी सीमा नाकामा रहेका प्रहरीको साथ साथै गणपती पनि आफ्नो कमाइ खाने भाडो बनाएका छन । तसर्थ : यस बिषयमा समबन्धित निकायको ध्यान नपुगे आउने दिनमा सशस्त्र प्रहरी माथी स्थानीयहरूको बिश्वास उठने प्रवल समभावना देखिन्छ ।

Leave A Reply

Your email address will not be published.