Ultimate magazine theme for WordPress.

डीआईजी श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी

588

पर्सा, ८ श्रावण / सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि उनि अनिवार्य अवकाशमा गएका थिए । शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको इजलाशले श्रेष्ठलाई सेवामै राख्न भनेर अन्तरिम आदेश जारी गरेको हो। श्रेष्ठको एक वर्ष पदावधी थपको लागी गृहमन्त्रालय हुंदै प्रस्ताव मन्त्रिपरिषदमा गएपनि अन्तिममा रोकिएको थियो । सभार

Leave A Reply

Your email address will not be published.