Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी उपरीक्षक खडकाको इशारा पाए पश्चात् ड्राइपोर्ट नाका हुँदै व्यापक तस्करी

157

पर्सा, १२ श्रावण / केही दिनदेखी बन्द रहेको तस्करी लाइन सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा पुन: सुचारू भएको खबर प्राप्त भएको छ । प्राप्त समाचार अनुसार पर्साको ड्राइपोर्टको नाका प्रयोग गर्दै भारी मात्रामा कपडाको तस्करी लाइन सुचारू भएको हो ।
सीमा नाकाको प्रमुख जिम्मेवारी बहन गर्दै आएका सशस्त्र प्रहरी बल नेपालको मिलोमतोमा तस्कर समुहले उक्त नाका हुँदै व्यापक रूपमा तस्करी लाइन सुचारू गरेको बताइन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले इशारा दिनसाथ स्थानीय बोर्डर आउट पोस्टका कमान्डरले कपडा तस्करीको लाइन दिइएको श्रोतको दाबी रहेको छ । ड्राइपोर्ट नाका हुँदै दिनहु २० देखि २५ मोटर साइकलमा कपडा लोड गरि नेपाल भित्रयाउने कार्य भइरहेको स्थानीय एक जना ब्यक्ती आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन ।
आफ्नो नाम गोप्य राख्ने सर्तमा स्थानीयले प्रती दिन भइरहेको तस्करी बारे सशस्त्र प्रहरी उपरीक्षक अनभिज्ञ नरहेको बताए । उनका अनुसार आफुहरू उक्त तस्करीको बिषयमा पटक पटक सशस्त्र प्रहरी उपरीक्षक खडकालाइ खबर गरेपनी केही वास्ता समेत नदेखाएको उनले आरोप लगाए । सशस्त्र प्रहरी उपरीक्षकको मौनताले तस्करी कार्य मौलाएको बिषयमा दुइमत नरहेको बिषयमा उनले ठोकुवा गरे ।
यता बढ्दै गएको तस्करीको मालसमान सजिलै नेपालको विभिन्न ठाउहरूमा पुग्दै आएको रहस्य समेत उजागर भएको छ । पर्सा जिल्लाको ड्राइपोर्ट र इनर्वा हुँदै अबैध तरिकाले नेपाल भित्रिएको कपडा, हार्डवेयर लगायतका मालसमान मुलूकको विभिन्न ठाउहरूमा सजिलै पुग्ने गरेको रहस्य समेत उजागर भएको छ । अबैध तरिकाले भित्रिएको मालसमान विभिन्न ट्रान्सपोर्टको माध्यमले मुलूकको विभिन्न ठाउहरूमा पुग्ने गरेको छ । यस बिषयमा माथिल्लो निकायक समयमै ध्यान पुग्न जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.