Ultimate magazine theme for WordPress.

डाक्टरी पेशालाई बदनाम गर्दै कर्ण

738

उमेश दुबे
पर्सा, ७ श्रावण / वीरगंजका केही डाक्टर पेशामा आवद्ध रहेका डाक्टरहरुले आफ्नो पेशालाई कमाई खाने भाडो बनाएका छन । वीरगंज स्थित रहेको नारायणी उपक्षेत्रिय अस्पतालका डाक्टरहरु चेकजाच गराउन आउने सेवाग्राहीलाई चेकजाच नै नगरी आफुले खोलेको निजि क्लिनीकमा आउन दबाव पछि यस्तो रहस्य खुलेको हो ।
वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत डाक्टर अरुण कुमार कर्ण संग चेकजाच गराउन जादा उनले आफुलाई निजि क्लिनीकमा उपचार गराउन आउने भने पश्चात निजि क्लिनिकमा पुग्नु परेको एक जना बिरामीले बताए । आफनो उपचार डाक्टर कर्णले पहिलादेखी नै गरिरहेको कारण आफ्नो नाम नछाप्ने सर्तमा ति महिलाले डाक्टर पेशामा लागेपनि आफ्नो अस्तित्व नै बेचेर खाइरहेको बारे रहस्य खोलिन । उनले डाक्टरको काम कर्तव्य के हो भन्ने बिषयमा केही वास्ता नै नगरी आफ्नो पेशालाई डाक्टर अरुण कुमार कर्णले पैसा कमाउनेतर्फ अग्रसर भएको बताइन ।
वीरगंज स्थित रहेको नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत डाक्टर अरुण कुमार कर्णले अस्पताललाई आफ्नो कमाई खाने भाडोको रुपमा प्रयोग गर्ने गरेका छन । यति मात्र नभई उपचार गराउन आएकी महिलाले डाक्टर कर्णले नारायणी उपक्षेत्रिय अस्पतालमा आफ्नो दुईवटा दलाललाई परिचालन गरिएको समेत बताइन । दलालहरुको काम चाही अस्पतालबाट बिरामी लिएर निजि क्लिनिकसम्म पुरयाउने कार्य रहेको भन्दै आफ्नो दुखेसो पोखिन । आफुपनि वीरगंज नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार गराउन आएपनि डाक्टरको सुझाव र दलालको कुरामा फसेको बताउनु भयो । उनले लेब्रोटरी टेस्ट गर्न पठाउने गर्दछन त्यसमा पनि ५० प्रतिशत कमिसन लिने गरेको समेत उहाकै क्लिनिक कर्मचारी श्रोतले जनाएका छन ।
वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत डाक्टरहरुले आफ्नो निजि क्लिनिक संचालनमा ल्याएपनि नारायणी उपक्षेत्रिय अस्पताललाई आफ्नो बिरामीको फ्याक्ट्री बुझे झै प्रयोग गर्न थालेका छन् । तसर्थ : यस बिषयमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.