Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी टोलीद्वारा लागूऔषध सहित मन्डल पक्राउ

91

सप्तरी,०६ श्रावण । सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ स्वर्णपट्टीबाट साउन ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही नगरपालिका ८ बस्ने २२ बर्षिय मनोजकुमार मण्डललाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट स्वर्णपट्टीबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी १४ बोतल र नाईट्राभेट ट्याब्लेट ९ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.