Ultimate magazine theme for WordPress.

डाक्टरलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै ईलाका प्रहरी कार्यालयमा धर्ना

188

दाङ, १२ भदौ ÷ डाक्टरलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै ईलाका प्रहरी कार्यालयमा स्वास्थयकर्मीहरुले धर्ना दिएका छन । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर.विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीहरुले आज ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन ।
राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले संयुक्त रुपमा आज ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएको स्वास्थयकर्मीले बताएका छन । डाक्टर.विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्तिलाई पक्राउ गर्नुको साटा कुनै किसिमको चासो नदेखाउदा धर्नामा बस्न बाध्य भएको स्वास्थयकर्मीहरुले बताएका हुन ।
स्वास्थकर्मीहरुले शुक्रवार दिउसो करिब २ बजेको समयमा एमाले निकट अनेरास्ववियू दाङका जिल्ला अध्यक्ष सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित युवाहरुले डा. सिंहमाथि कालोमोसो दलेर दुव्र्यबहार गरेको बताए । अस्पतालमा नभएको कल्चर सेवा विषयमा विवाद हुदा परियारसहितको टोलीले डाक्टर सिंह माथि कालोमोसो दलेको स्वास्थयकर्मीले बताएका छन । घटनाका दोषीहरुलाई प्रहरीले पक्राउ नगरे घटनाको विरोधमा आइतबार बिहान ८ बजे विरोध जुलुस निकाल्ने र आइतबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.