Ultimate magazine theme for WordPress.

रिले अनशन बसेका नेपाली कांग्रेसका सभापतिहरुले अनशन तोडे

140

काठमाण्डौ, १२ भदौ ÷ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने मांग गर्दै रिले अन्सन बसेका सभापतिहरुले अनशन तोडेका छन । नेता कृष्ण प्रसाद सिटौलाले सबै मांग पुरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेपछि रिले अनशनमा बसेका जिल्ला सभापतिहरुले अनशन तोडेका हुन ।
जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राख्दै अनशन शुरु गरेका थिए । मंगलबारदेखि पौडेल पक्षका जिल्ला सभापतिहरुले शुरु गरेको रिले अनशन अन्तर्गत शनिबार काठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराए पश्चात अनशन तोडेका थिए ।

Leave A Reply

Your email address will not be published.