Ultimate magazine theme for WordPress.

टेलिभिजनकर्मी साहले धाक धम्की दिदै यातायातमा दलाली गर्दै आएको खुलासा

1,349

पर्सा, ७ असार / पर्सा जिल्लाका एक जना आफुलाइ पत्रकार भन्दै यातायातमा दलाली गर्दै आएको खुल्न आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने नारायणी यातायात कार्यालयमा पत्रकारको नामले चान्दा आतन्क मचाएका पत्रकारको बिषयमा एक अडियो रेकर्ड प्रमाण फेला परेको हो ।
बिगत केही महिनादेखी मुलूक लक डाउन जस्तो जोखिमपूर्ण समयमा यातायात लगायत सरकारी कार्यालयको कामकाज ठप्प भएको थियो । लक डाउन अघि पत्रकारको नाममा यातायात कार्यालयमा बिचौलियाको काम गर्दै आएका पत्रकारको बिषयमा लक डाउन खुकुलो हुनासाथ उजार भएको हो । पत्रकारको नाममा कलन्कित पत्रकारको नाममा साबित हुन पुगेका साह आफुलाइ बरिस्ठ ठानेपनी दलालको पेशामा आवध रहेको बिषयमा छर्लङ्ग भएको छ ।
आफुलाइ टेलिभिजनकर्मी भन्दै यातायातको दालाल जितेन्द्र साहले लक डाउन भरी प्रेस लेखाएर गाडीमा काठमान्डुसम्म मान्छे पुर्याउने गरेको समेत उजागर भएको छ । भारतीय नागरिकलाई प्रेस लेखाएर आफ्नै गाडीमा काठमान्डु पुर्याउने गरेको बिषयमा एक सिसिटिभी केमराबाट प्रमानित भएको छ । पत्रकारिताको आडमा आफुलाइ पत्रकार भन्ने जितेन्द्र साहले खास गरि यातायातको दलाली र लक डाउनमा प्रेस स्वतन्त्रताको खिल्ली समेत उडाएको पाइन्छ । यस्ता पत्रकार माथी न त कुनै कानून नै लाग्छ न त कुनै नियम नै । कारण हो बिचौलिया सङ्ग समन्वय । अब यस्ता पत्रकार माथी सम्बन्धित निकायले कारवाही गरिने हो कि होइन हेर्न बाकी छ ।

Leave A Reply

Your email address will not be published.