Ultimate magazine theme for WordPress.

चोरीको मोटरसाइकल सहित दुई जना पर्सा प्रहरीको नियन्त्रणमा

179

पर्सा, ११ असार ÷ चोरीको मोटरसाइकल सहित दुई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । गत बुधवार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले परवानिपुरबाट ड्राईपोर्टतर्फ जाने क्रममा चोरीको मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा मोटरसाइकल चोरी भएको र चोरी हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले मंगलवार चोरी भएको मोटरसाइकल २४ घण्टा नबितिदै बरामद गर्नुको साथै चोरीमा संलग्न दुई जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । ना ४० प ४२०३ नम्बरको रातो रंगको हिरो एचिभर मोटरसाइकल बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
चोरीको मोटरसाइकल सहित परवानिपुर गाउपालिका वडा नम्बर २ बस्ने २६ बर्षिय दिपक कुमार यादव र कालिकामाई गाउपालिका वडा नम्बर ३ बस्ने २२ बर्षिय सागर पटेललाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । उनिहरुलाई चोरी सम्बन्धी कसुर मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.