Ultimate magazine theme for WordPress.

जेजेवाईसीद्धारा दैनिक ज्यालादारी गर्ने दुई सय ५० परिवारलाई राहत वितरण

96

बारा, १५ बैशाख / जन जागरण युवा क्लब (जेजेवाईसी) बाराले महागढीमाई नगरपालिका वडा नं. ७ र देवताल गाउँपालिका वडा नं. ७ मा गरि करिव दुई सय ५० घरधुरीलाई राहत वितरण गरेको छ ।
कारितास नेपालको आर्थिक सहयोग र जन जागरण युवा क्लब (जेजेवाईसी) बाराको आयोजनमा संचालित कोरोेना भाईरस ( कोभिड–१९) प्रतिकार्य परियोजना अन्तर्गत ती वडाहरुमा लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी गर्ने घरपरिवारहरुलाई राहत वितरण गरेको संस्थाका अध्यक्ष भैयाराम यादवले जानकारी गराएका छन ।
संस्थाले जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिएर सम्बन्धित वडाको वडा स्तरीय सर्बदलिय समितिको निर्णय अनुसार ती वडाहरुमा राहत वितरण गरेको जनाएको छ ।
संस्थाले देवताल गाउँपालिका वडा नं. ७ मा एक सय ५० जना दैनिक ज्यालादारी गर्ने घरपरिवारहरुलाई वडा अध्यक्ष सतेन्द्र प्रसाद यादवको नेतृत्वमा राहत वितरण गरेको छ । यस्तै महागढीमाई नगरपालिका वडा नं. ७ मा दैनिक ज्यालादारी गर्ने करिब एक सय घरपरिवारलाई वडा अध्यक्ष रामजन्म प्रसाद यादवको नेतृत्वमा राहत वितरण गरिएको जनाईएको छ । सो अवसरमा संस्थाका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव र जिल्ला कार्यक्रम संयोजक नरेश प्रसाद साहको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.