Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीद्वारा २५ टन छोकडा बोकेको ट्रक नियन्त्रणमा, सेटिङ्गमै तस्करी भइरहेको बारे खुलासा

502

उमेश दुबे
वीरगंज १५ बैशाख । लक डाउनको उल्लंघन गर्दै पर्साबाट तस्करी कार्य फस्टाएको छ । नेपाल र भारतको सीमा नाका पूर्ण रूपले बन्द रहेको सशस्त्र प्रहरीले भनेपनी सशस्त्र प्रहरीको आदेशलाई खिल्ली उडाउदै छोकडा तस्करी लगायतको सरसमान अबैध तरिकाले आयात निर्यात कार्य भइरहेको हो ।
पर्सा प्रहरीले आइतवार रातिको समयमा २५ टन छोकडा बोकेको ट्रक बरामद गरेको छ । पर्सा प्रहरीले २५ टन छोकडा सहित एकजनालाई पक्राउ गरेको हो । प्रहरीले आईतबार राती ७ बजेको समयमा ना ५ ख ९८५९ नम्बरको (२५ टन) ५०० बोरा छोकडा बोकेको ट्रक रजतज्यन्ती चौकबाट नियन्त्रणमा लिएको छ । सिमा प्रहरी चौकी ईनर्वाका ईन्चार्ज प्रहरी नायव निरिक्षक बैद्यनाथ दासको कमाण्डमा खटेको टोलीले रजतज्यन्ती चौक बाट (२५ टन) ५०० बोरा छोकडा बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।
परवानीपुरबाट २५ टन छोकडा बोकेको ट्रक वीरगंज मालपोत चौक पुग्नु पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं १६ रजतज्यन्ती चौक पुगी रक्सौल जान खोजेपछि ट्रक ड्राईभर वीरगंज महानगरपालिका वाड नं १६ बस्ने बिशाल क्षेत्री सहित छोकडा बोकेको ट्रक नियन्णमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ गरिएको छोकडा बोकेको ट्रक र चालकलाइ आवश्यक कारवाहिको लागी वीरगंज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
?
प्रहरी नायब निरीक्षक बैद्यनाथ दास ईनर्वा प्रहरी चौकीमा ईन्चार्जको रुपमा गएको ४ दिनमै छोकडा तस्करीको जालो तोडेका छन । ईनर्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बैद्यनाथ दासको सक्रियताले ठुलोमात्रामा छोकडा बरामद गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । कोरोना महामारीले देश लकडाउनमा रहेको बेला पनि तस्करहरुको सक्रियता बढेको पाईएको छोकडा पक्राउ पर्नुले पुष्टी गरेको छ ।
केही महिनादेखी बिरगंजका नामूद तस्कर संगठनहरू छोकडा तस्करी गरिरहेपनी सीमामा खटिएका सशस्त्र प्रहरी मात्र मूखदर्शक बनेको यहि घटनाबाट प्रष्ट हुन्छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर आएदिन देखि नै मूल भन्सार हुँदै ट्रकको माध्यमले छोकडा तस्करी भइरहेको तस्कर श्रोतले जनाएको छ । मुलुक लगायत विश्व ब्यापी फैलिएको कोरोनाको कहरको बेलापनी सशस्त्र प्रहरीले ट्रककै माध्यमले तस्करीको लाइन दिनु संगठन माथी नै प्रश्न चिन्ह खडा गरेको छ ।

Leave A Reply

Your email address will not be published.