Ultimate magazine theme for WordPress.

जितपुर सिमरा उपमहानगरको मिलोमतोमा खोलाको दोहन

175

सिमरा, १९ जेष्ठ । जितपुर सिमरा उपमहानगरपालिका क्षेत्रमा रहेका नदिहरु उपमहानगरपालिका र ठेकदारको मिलोमतोमा मापदण्ड बिपरित उत्खनन हुदै आएको स्थानीयहरुले आरोप लगाएका छन् । नगर र अनुगमन समितिहरु समेत मौन बसेर मिलोमतो गरेको आरोप उनीहरुले लगाएका हुन । मापदण्ड बिपरित उत्खनन भएपछि यसको चौतर्फी बिरोध हुन थालेको छ ।
जीतपु्रसिमरा उपमहानगरपालिकाकले पसाहा, दुधौरा, बालगंगा खोलाबाट नदिजन्य पदार्थ निकाल्दा खोलाको बिचबाट १५ मिटर दायाँबायाँ १ मिटर संम्म गहिरो खन्न पाईने र जंगल नजिक सिमाना छुन नपाईने भएपनि ठेकदारले मिलोमतोमा खोलामा गाडीनै नदेखिने गरी झण्डै पाँच मिटर भन्दा बढी खाडल खनेको हो । त्यसैगरी खोलाको बिचबाट १५ मिटर दायाबाया निकाल्न अनुमति भएपनि मिलोमतोमा पुरै खोला र जङगलसम्म मिलोमतोमा खाडल बनाएका छन् । यस्तो बिभत्सरुपमा खोलामा मनलाग्दी दोहन भएपनि नियन्त्रणमा नगरपालिका र स्थानीय प्रशासन मौन बस्दै आएर मिलोमतो देखिएको आरोप स्थानीयको छ ।
जीतपुरसिमरा वडा नं. १६ का स्थानीय हरीदेब खरेलले नगरले दिएको अनुमति भन्दा पाँच गुणा बढी दोहन भएको र गाउँनै खतरामा पर्ने भएपछि आफुले पसाहा खोलामा दोहन गर्ने सवारी पक्राउ गरी केही समय राखेर प्रहरी प्रशासन र नगरपालिकालाई घटनास्थल देखाई अब आईन्दा नगर्ने र जथाभावी खनेको खाडल पुर्ने गरी फिर्ता गरेको बताउनु भयो । स्थानीय समाजसेवी र संञ्चारकर्मी समेत रहेका खरेलले बिगत १० बर्षमा नभएको दोहन मिलोमतोमा ६ महिनामा भएको बताउनु भयो । यस्तै अबस्था रहे न गाउँ रहन्छ नत चुरे नै , यो क्षेत्र मरभुमी हुन धेरै बर्ष कुर्नु पर्दैन खरेलले बताए । उनले वडा कार्यालय देखि नगरमा यस बारेमा पटक पटक खबरदारी मौखिक र लिखित गरेपनि नियन्त्रण नभएको बताए ।
डिभिजन वन कार्यालय बाराका प्रमुख मंन्जुर अहमदले भने खोला संम्बन्धिको बिषय नगरले हेर्ने बताउदै खोलानालाको उत्खननमा बेथिति भने रहेको बताउनु भयो । डिभिजन वन कार्यालय बाराले गरेको अनुगमनमा दुधौरा र पसाहाको तुलनामा बालगंगा खोलामा ५ गुणा बढी उत्खनन भएको भेटिएको वन कार्यालयले जनाएको छ ।’ खोलाको स्थिति हेर्दा क्षतविक्षत् ढंगले चारैतिरबाट नियमविपरीत राज्यको स्रोत दोहन भएको देखिन्छ, यस्ता ठूला खाडलमा वन्यजन्तु परे बचाउन मुस्किल हुन्छ’ डिभिजन वन अधिकृत मञ्जुर अहमदले बताउनु भयो ।’
खोलामा ५ देखि ६ मिटर (करिब २० फिट) गहिराइमा ठूलो ठूला खाडल खन्दा अनुगमनमा रहेका समितिका सदस्य र नगरका कर्मचारी र जनप्रतिनिधी के हेरेर बसेका थिए, मिलोमतो नभै त्यसरी दोहन हुनै सक्दैन नाम नराख्ने एक स्थानीयले बताए ।
ठेकदारले सम्झौप्ता अनुसारका नियम पालना नगरेको जथाभावी खाडल र तोकिएको भन्दा चौबर खाडल पारेको जीतपुरसिमरा उमनपा १५ नं. वडाका वडा अध्यक्ष रामप्रसाद लामिछानेले बताउनु भयो ।
जीतपुरसिमरा उमनपा वडा नं. १६ का वडाअध्यक्ष केदार बजगाईले भने खोला उत्खनन नियम बिपरित भएको जन गुनासो आएको बताउदै चाडै अनुगमन गरी कारबाहि प्रकृया बढाउन नगरलाई अनुरोध गर्ने बताउनु भएको छ ।
केहि दिनयता स्थानिय युवाहरुले खोला अनुगमन गरेपछि मापदण्ड बिपरित खोला उत्खनन भएको जनाउदै बिरोध गर्दै आएका छन् ।
नगरले उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति र कर्मचारी खटाउदै आएपनि खोला नालाको नियम विपरित उत्खनन हुदै आउनु मिलोमतोको स्थानीयले आशंका गरेका हुन ।
सो बारेमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसग सम्पर्क गर्दा सम्र्पक हुन नसकेपनि अर्का एक कर्मचारीले खोलानालाको उत्खननमा ठेकदारहरुले नियमबिपरित काम गरेको जानकारीमा आएको बताउदै नियम विपरित हुने यस्ता कार्यमा सबैको सहयोग हुनु पर्ने बताउनु भयो । तराइ सन्चार अनलाइनबाट

Leave A Reply

Your email address will not be published.