Ultimate magazine theme for WordPress.

डिआइजि गौतमको आदेशलाइ धज्जी उडाउदै सशस्त्र प्रहरी निरीक्षक तमाङ्गले दिए जानकी टोलाबाट भैंसी तस्करीको लाइन

291

पर्सा, १८ जेष्ठ / सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्रप्रकाश गौतमले सीमा नाकाहरूमा निगरानी बढाउन निर्देशन दिएपनी पर्साको सिमावर्ती क्षेत्र जानकी टोला हुँदै भैसी तस्करीको लाइन खुल्ला गरेको पाइन्छ । स्थानीय सशस्त्र प्रहरी र स्थानीय नेपाल प्रहरीको सहयोगमा भैसीको तस्करी बढेको बिषयमा एक घटनाले उजागर समेत पारेको हो ।
स्थानीय बोर्डर आउट पोस्ट भिखमपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक किस्मान तमाङ्गले मासिक ३ लाख रूपैया नजराना बुझे पश्चात् भैसी तस्करीको लाइन दिएको बिषयमा उहाकै प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार पर्सा जिल्लाको अन्य नाका सबैठवाबाट समेत भैसीको तस्करी भइरहेपनी भिखमपुरबाट सबै भन्दा ठूलो तस्कर महादेव भनिनेले सातामा दुई पटक भैंसी बाराको जितपुरसम्म पुर्याउने गरेको बताए ।
यता जेष्ठ ९ गते बिहान ३ बजेको समयमा तस्करीको लाइन दिएको बिषयमा सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाई सुचना गएको थियो । सूचना आउनसाथ १३ नम्बर गणबाट खटिएको टोलिले अबैध तरिकाले नेपाल भित्रिएको ३२ वटा भैंसी पक्राउ गर्नसाथ कारवाहीमा पर्ने डरले ७ गोटा भैंसी सशस्त्र प्रहरी निरीक्षक तमाङ्गले नियन्त्रणमा लिएको तस्कर श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले जनाए अनुसार जम्मा ४७ गोटा भैंसी मध्ये ३२ गोटा गणको टोलिले नियन्त्रणमा लिएको थियो भने बोर्डर आउट पोस्ट भिखमपुरले ७ गोटा र सुवर्णपुरले ८ वटा नियन्त्रणमा लिएको जनाएको छ । भिखमपुर नाकाबाट सातामा २ पटक भैसी अबैध तरिकाले आयात हुन्छ तर स्थानीय बिओपीले गणको टोलि नियन्त्रणमा लिएकै दिन पक्राउ गर्ने र अर्को दिनमा नगर्नेले तस्करीको लाइन रहेको बिषयमा छर्लङ्ग भएको छ ।
मुलूक कोरोनाको चपेटामा परेको छ, जिल्ला प्रशासन कार्यालय पर्साले निशेधाज्ञा जारी राखेको छ तर सीमामा खटिएका प्रहरीहरू यस्तो समयमा पनि तस्करी गराउनु दुर्भाग्यको बिषय बनेको छ । केही रकमको लागि आफ्नो वर्दी र संगठनकै नाम बदनाम गर्दै तस्करी कार्यमा लाग्नु लाजस्पद रहेतापनि सम्बन्धित निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ । तसर्थ : यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्र प्रकाश गौतमको साथ साथै माथिल्लो निकायको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.