Ultimate magazine theme for WordPress.

खदान्य समाग्री बोक्ने ट्रयाक्टर भित्र ३ सय कार्टुन कस्तुरी रक्सी बरामद, चालक र ट्रयाक्टर धनी फरार

444

पर्सा, २० जेष्ठ / पर्साको छिपहरमाइको भिस्वामा प्रती दिन खदान्य समाग्री बोकेर जाने ट्रयाक्टर भित्र ३ सय कस्तुरी रक्सी बरामद भएको छ । भिस्वा नाकाको साथ साथै मिर्जापुर झलवैया नाका हुँदै कस्तुरी रक्सी भारत जाने गरेको बिशेष सूचनाको अधारमा पर्सा प्रहरीले दशगजा क्षेत्रबाट ट्रयाक्टर सहितको ३ सय कस्तुरी रक्सी बरामद गरेको हो ।
बिरगंजबाट भिस्वाको लागि खदान्य समाग्री बोकि हिडेको ट्रयाक्टर सीमाबाट पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-०३-००१ थ ०००१ नम्बर उल्लेख रहेको ट्रयाक्टर माथी खदान्य समाग्री बोकेको र तल कस्तुरी मदिरा रहेको बिशेष सूचना आउनसाथ इलाका प्रहरी कार्यालय पोखरियाबाट बिशेष टोलि परिचालन भएको थियो । परिचालन भएको प्रहरीले भिस्वाको सीमा नाकाबाट पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । ट्रयाक्टर र कस्तुरी मदिराको मूल्य करीब १० लाख ६० हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यता भिस्वाका एक जना स्थानीयका अनुसार खदान्य समाग्री लेखी तस्करी हुने समाग्री पटक पटक भिस्वा लगायत झलवैयामा पुग्ने गरेको बताए । झलवैया हुँदै पटक पटक उक्त ट्रयाक्टरमा कस्तुरी रक्सी आउने गरेको थियो । उक्त पेशामा केही इमान्दार भनाउदाहरूको समेत सहयोग हुने गरेको थियो । जसका कारण प्रहरीको नामले समेत पैसा उठने गरेको थियो । हालसम्म यस्तो तरिकाले ५ चोटि कस्तुरी रक्सी झलवैयामा पुगेको बताए ।
छिपहरमाइ गाउपालिका भिस्वा निवासी हरि प्रसाद कुश्वाहाले खदान्य समाग्री बोकि प्रती दिन भिस्वा बजारमा लग्ने गरेतापनी यस पटक रक्सी सहितको ट्रयाक्टर पक्राउ हुनसाथ यस्तो रहस्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले एक बिज्ञप्ती जारी गर्दै ट्रयाक्टर धनी र चालकलाइ खोजिरहेको जनाएपनी पक्राउ गर्ने हो कि मिलोमतो गर्ने हो, आउने दिनमा कार्यशैलीले स्पष्ट पार्छ ।

Leave A Reply

Your email address will not be published.