Ultimate magazine theme for WordPress.

गाई तस्करी र हत्या नरोकिए देशभर आन्दोलन गर्ने हिन्दू परिषद नेपालका अध्यक्ष पटेलको अहवान

384

उमेश दुबे
वीरगंज, १४ माघ ÷ गाई तस्करी र हत्या नरोकिए देशभर आन्दोलन गर्ने हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले आहवान गरेका छन् । नेपाल र भारतको सीमा हुदै गाई तस्करीको संख्यामा बृद्धि हुनसाथ हिन्दु परिषद नेपालले निकालेको बिरोध ¥यालीमा केन्द्रिय अध्यक्ष पटेलले गाई तस्करी र हत्या नरोकिए देशभरी आन्दोलन गर्न सकिने बताउनु भएको हो ।
गाई तस्करी र हत्याको बिरोधमा आज हिन्दु परिषद नेपालले वीरगंजमा निकालेको ¥यालीमा केन्द्रिय अध्यक्ष संतोष पटेलले नेपाल र भारतको बिभिन्न नाका हुदै गाई तस्करी बढेको र तस्करी भएर आयात निर्यात हुने गाईलाई काटिने गरेको हुदा बिरोध ¥याली निकालिएको बताउनु भयो । उहाले हिन्दु धर्मावलम्बी अनुसार गाईलाई माता स्वरुप पुज्ने गरेतापनि केही तस्कर र अपराधी क्रियाकलापमा लागेकाहरु गाई तस्करी गरिरहेको बताउनु भयो । उहाले गाई तस्करी र हत्या नरोकिए वीरगंज लगायत देशभरी आन्दोलन गर्ने बताउनु भयो ।
हिन्दु परिषद नेपालले आयोजना गरेको बिरोध ¥यालीमा नेपाल ज्योतिष परिषदका केन्द्रिय महासचिव पुरुषोतम दुबेले गाई तस्करी र हत्या नरोकिए अब हिन्दुहरु चुप लागेर नबस्ने बताउनु भयो । उहाले गाई तस्करी र हत्या हिन्दु प्रतिको आक्रमण हो भन्दै अबको दिनहरुमा गाई र तस्करी नरोकिए हिन्दुहरु आउने दिनमा कडा प्रतिकार गर्ने बताउनु भयो ।
कोणसभालाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य श्रीराम उपाध्यायले नेपाल र भारतको खुल्ला सीमाको साथ साथै सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुल्याम घुसको रकम लिई तस्करी गराइरहेको आरोप लगाउनु भयो । केन्द्रिय सदस्य उपाध्यायका अनुसार वीरगंजका केही युवाहरुले तस्करीको गाई पक्राउ गरी प्रहरी प्रशासनमा खबर गरेपनि प्रहरी प्रशासनले चासो नहेराएको आरोप लगाउनु भयो । उहाले सीमामा खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरी माथि माथिल्लो निकायबाटै कारवाही नभएको कारण मनोबल बढेको समेत आरोप लगाउनु भयो ।
हिन्दु परिषद नेपालले आज वीरगंजमा निकालेको बिरोध ¥याली गहवामाई मन्दिर, अलखिया मठ हुदै घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

Leave A Reply

Your email address will not be published.