Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीको वीरगंजमा दब¨ै, पद र पावरको दुरुपयोग गर्दै सशस्त्र प्रहरी उपरीक्षक कुवर

562

पर्सा, १३ माघ ÷ आफ्नो ससुरो पार्टीको सभापति रहेकोले दबंगै पाराले सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर सर्वसधारणलाई दुःख दिदै आएको बुझिएको छ । सशस्त्र प्रहरी बल नेपालको नीति निर्देशनलाई धज्जि उडाउदै सशस्त्र प्रहरी उपरीक्षक कुवर बिल बिजक सहित रहेको मालसमानलाई वीरगंजबाटै पक्राउ गर्न थालिएका हुन ।
आइतवार साझ करिब ५ बजेको समयमा वीरगंजको नगवाबाट खरिद गरिएको छोहडालाई सशस्त्र प्रहरी बलले जबरजस्ती पक्राउ गरिएको सर्वसधारणको भनाई रहेको छ । सशस्त्र प्रहरी बलले तस्करीको मालसमान सीमाबाट पक्राउ गरिने प्रावधान रहेपनि वीरगंजबाटै खरिद गरीएको बिलबिजक सहितको छोहडा पक्राउ गरीनु दब¨ै पारा रहेको स्थानिय बताउछन् ।
सशस्त्र प्रहरी बल नेपालको नीति निर्देशन अनुसार कुनैपनि कृष्क अथवा सर्वसधारणलाई दुःख दिन नमिल्ने रहेपनि सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले आफ्नो दबंगै पारा हेराएको आरोप व्यपारीहरुको रहेको छ । यस अनलाइन संग कुरा गर्दै व्यपारीहरुले यस्तो दबंगै पाराले सशस्त्र प्रहरी बलले गरेको कार्य असोभनिय रहेको बताए । सशस्त्र प्रहरी बल नेपालको नीति माथि शंका नरहेपनि सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको नियत ठिक नरहेको बताए ।
बोर्डर आउट पोष्ट श्रीसियाबाट सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलको कमाण्डमा खटिएको टोलीले आइतवार साझ नगवाबाट बिल बिजक सहितको छोकडा पक्राउ गरेका थिए । तर बिल सशस्त्र प्रहरीले लुकाई मात्र छोहडा वीरगंज भन्सार कार्यालयमा बुझाइएको आरोप व्यपारीको रहेको छ । बिल बिजक सहित पक्राउ गरीएको छोहडाको बिल लुकाउनु र मात्र छोहडा बुझाउनुले सशस्त्र प्रहरीको नियत ठिक नरहेको प्रस्ट पार्दछ ।
सशस्त्र प्रहरीले सीमामा अवैध मालसमान पक्राउ गरिनु उचित हो तर वीरगंजबाटै खरिद गरेको मालसमान वीरगंजबाटै पक्राउ गरिनुले सशस्त्र प्रहरीको कार्य माथि नै प्रश्ण चिन्ह खडा भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्वाई भन्दै हिडने गरेको श्रोको भनाई रहेको छ । सशस्त्र प्रहरी श्रोतका अनुसार सोही बहानामा आफ्नो माथिल्लो निकायको आदेशलाई समेत अटेर गर्दै पर्साको ग्रामिण भेगहरुबाट तस्करी गराइरहेको बताए । उनका अनुसार नेपाली कांग्रेसका सभापति देउवाको पावरको फुर्ती लगाउदै आफ्नै संगठनको नीति निर्देशनलाई खिल्ली उडाएको बताए ।
आफ्नो संगठनको नीति, निर्देशन विपरीत कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले गरेको कार्य असोभनिय र अमर्यादीत रहेकोले माथिल्लो नियकायको ध्यान जान अति अवाश्यक देखिन्छ । आफ्नो पद र पावरको दुरुपयोग गर्दै हिडने सशस्त्र प्रहरी उपरीक्षक कुवरले गर्दा सिंगो सशस्त्र प्रहरी बलको नाम बदनाम हुन सकिने भएकोले सशस्त्र प्रहरी बल संगठनकै प्रमुख आईजीपि शैलेन्द्र खनालको यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.