Ultimate magazine theme for WordPress.

जनताको भावना अनुसार विकास कार्य गरिने: सांसद प्रदिप यादव

223

बिरगंज, १५ माघ / समाजवादी पार्टीका युवा नेता एवं पर्सा निर्वाचन क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले वीरगंज महानगरपालीका वडा नम्बर १६ इनर्वामा निर्माण हुन लागेको धर्मशाला को शिलान्यास गर्नु भएको छ ।
सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम र बिरगंज महानगरपालिकाको संयुक्त लगानीमा इनर्वा टोलमामा निर्माण हुन लागेको धर्मशालाको एक कार्यक्रमका विच सांसद यादवले शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले निर्वाचन पुर्व इनर्वावासीका लागि नया धर्मशाला निर्माण गर्ने प्रतिबध्ता स्वरुप आफ्नो वाचा पुरा गर्दै इनर्वावासीको एउटा सपना र दिर्घकालिन योजना अनुरुप धर्मशाला निर्माण गरिने बताए, साथै धर्मशाला निर्माण संगै यस क्षेत्रका गरिब तथा असाहयहरुका लागी ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले यसै वर्ष इनर्वा माध्यमिक विद्यालयको भौतिक स्तरोनतिको काम गरिने पनि बताउनु भयो |
कार्यक्रममा बोल्दै सांसद यादवले मेरो संसदीय क्षेत्र ठुलो भएपनि हरेक गाउ र क्षेत्रको विकाशका लागी कम्मर कसेर लागेको बताउनु भयो । सरकारले सांसदहरुलाई कम पैसा उपलब्ध गराएकोले सबै ठाउमा विकाश गर्नु पर्ने अवस्था रहेको हुदा आफुले सक्भर हरेक क्षेत्रको विकाश होस भन्ने लक्ष्यका साथ काम गरीरहेको बताउनु भयो । चालु आर्थीक वर्षको रकम अपुग भएमा अर्को आर्थीक वर्ष सम्म निरन्तर सहयोग गर्ने बताउदै नेपाल सरकारले संसदीय विकाश कोष अन्तर्गत थोरै रकम पठाएपनि सो रकम सशर्त गरेको कारणले अन्त्य कहि बाट भए पनि थप रकम आफ्नो पहलमा लाई जनताको जन भावना अनुसार काम गरिने र आफु सांसद रहेसम्म जनता संग गरेको बाचा पुरा गर्ने बताए ।
सांसद प्रदिप यादवको संसदीय विकाश कोषबाट १५ लाख र बिरगंज महानगरपालिका को १५ लाख को संयुक्त लागतमा विवाह भवन निमार्ण हुन लागेको हो । कार्यक्रममा वडा अध्यक्ष श्यामबाबु चौरसिया ,समाजवादी पार्टी का जिल्ला उपध्यक्ष मुस्तकिम अन्सारी , नगर अध्यक्ष इश्वर यादव , जिल्ला सदस्य लाल देव यादव वार्ड एकाई अध्यक्ष अरुण यादव , उपध्यक्ष सेख अब्दुल नगरपालिका सदस्य कृष्ण कुशवाहा समाजवादी युवा संघ का जिल्ला अध्यक्ष सेख जल्सोदीन युवा नेता फरीद आलम , इनर्वा बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष प्रभु यादव लगायत सैकड़ो स्थानीय को सहभागिता थियो |

Leave A Reply

Your email address will not be published.