Ultimate magazine theme for WordPress.

श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञ धुमधामले मनाइदै

606

उमेश दुबे
बारा, २९ माघ ÷ बाराको फेटा गाउपालिका वडा नम्बर ७ गम्हरीया टोलबाट धुमधामका साथ जल यात्रा निकालिएको छ । हिन्दु धर्मावलम्वीहरुले श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञलाई ठूलै महत्व मानिएकोले यो यज्ञ हुन गइरहेको हो ।

आज बिहान करिब १० बजेको समयमा निस्केको जल यात्रामा हजारौ कुवारी कन्या सहभागि भएकी थिइन । श्री श्री १०८ श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञले सम्पूर्ण प्राणीहरुको कल्यान गर्ने बिश्वासका साथ यज्ञ गर्न लागिएको सहभागि भएका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले बताउनु भयो । उहाले यज्ञमा हुने हवनले परान्वयनको शुद्धता माथि टेवा पुग्ने भन्दै बिश्वास लिइएको बताउनु भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले स्थानिय तथा प्रदेश सरकारबाट हुन गइरहेको श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञमा सहयोग पु¥याउने बताउनु भयो ।

श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञ ९ दिन चल्ने फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद साहले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिका वडा नम्बर ७ गम्हरीया टोलमा हुन गइरहेको महायज्ञ चान्दा संकलन गरेर भइरहेको बताउनु भयो । उहाले यस्तो भागदौडको जिन्दगीमा महायज्ञले अनेक थरीको फाइदा हुने बिश्वास लिएको बताउनु भयो । फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद साहले शान्ति र समृद्ध ल्याउनको निम्ति महायज्ञको आयोजना गरिएको बताउनु भयो ।

श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञको यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेका अनुसार जल यात्रामा करिब ५ हजारको जनसंख्यामा भक्तजन तथा कुवारी कन्या सहभागि भएको बताउनु भयो । उहाले करिब २५ लाखको लागतमा यज्ञ सम्पन्न हुने बताउनु भयो । यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेले यज्ञ गराउनको निम्ति सम्पूर्ण जोतपुर गम्हरीयावासीहरुको ठूलो सहयोग रहेको बताउनु भयो । ९ दिनसम्म चल्ने महायज्ञको निम्ति स्थानिय हिन्दु र मुस्लिम एकसाथ उभि श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञ सफल बनाउनमा लागि परेको यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.