Ultimate magazine theme for WordPress.

श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञमा सिसि टिभि केमराले निगरानी

475

उमेश दुबे
बारा, १ फल्गुन ÷ बाराको फेटा गाउपालिका वडा नम्बर ७ जोतपुर गम्हरीया टोलमा जारी रहेको श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञको निगरानी सिसि टिभि केमराको माध्यमले भइरहेको जनाइएको छ । आजदेखी सुरु भएको महायज्ञ सुरक्षाको निम्ति सिसि टिभि केमरा जडान गरिएको बताइएको हो ।
डाइनेमिक टेक्नोसोफ्ट प्राइवेट लिमिटेडबाट सहयोग स्वरुप श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञमा सिसि टिभि केमरा जडान गरिएको बताइन्छ । डाइनेमिक टेक्नोसोफ्ट प्राइवेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक साहका अनुसार महायज्ञमा १६ वटा केमरा जडान गरिएको बताउनु भयो । फेटा गाउपालिका वडा नम्बर ७ जोतपुर गम्हरीयामा जारी रहेको श्री लक्ष्मीनारायण सिताराम महायज्ञको सहज निगरानी र चोरी कार्यहरु हुन नदिन उदेश्यका साथ सिसि टिभि केमरा जडान गरिएको डाइनेमिक टेक्नोसोफ्ट प्राइवेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक साहले बताउनु भयो ।
श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञ, यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेका अनुसार सिसि टिभि केमरा जडानले सुरक्षाको प्रत्याभुती दिरहेको बताउनु भयो । उहाले यज्ञमा लाखौ भक्तजनहरु पुग्ने बिश्वास लिएको बताउनु भयो । भक्तजनहरुको भिड बढे संगै सुरक्षा चुनौती थपिएकोले सिसि टिभि केमरा जडान गरिएको बताउनु भयो । ९ दिन चल्ने महायज्ञमा डाइनेमिक टेक्नोसोफ्ट प्राइवेट लिमिटेडबाट सहयोग स्वरुप सिसि टिभि केमरा जडान भएकोमा खुसी व्यक्त गरे ।
यता श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञमा सुरक्षाको निम्ति सिसि टिभि केमराको साथ साथै व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । सुरक्षामा खटिएको प्रहरीलाई समेत सिसि टिभि केमराले निगरानी गर्न सहज भएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.