Ultimate magazine theme for WordPress.

विकास निर्माणको सपना, सपना मै सिमित

365

बारा / मेरो देश नेपाल झै सुख शान्ती र स्मृद भनेर चिनिने गाउँ मध्ये एक मानिन्छ । बाराको फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया र कुकुरभुका भन्ने टोल लगायत मेरो गाउपालिका अन्तर्गत पर्ने सबै वडाहरूलाइ नमुना वडाहरूमा रूपान्तरण गर्ने सपना, सपना मै सिमित रहेको मैले महसुस गरेको छु ।
आफू भन्दा ठुलोलाइ आदर र सानोलाइ माया गर्ने बानिले सायद मेरो सपना पनि अधुरो हुन सक्ने महसुस गरेको छु । फेटा गाउपालिका १ नम्बर वडादेखी ७ नम्बर वडासम्म रहेको छ ।
स्थानीय चुनाव सम्पन्न हुनसाथ म लगायत हजारौ स्थानीय युवाले विकासको कार्यको निम्ति अग्रसर भए तर केही कारणवस विफल समेत भए । तर आजको यस्तो कल्युगमा जबसम्म हैसियत भएका नेता ज्यूहरू अग्रसर नहुदा यस्तो दुखदायीसम्मको पीडा खेप्दै आएको समेत मैले महसुस गरेको छु ।
स्थानीय तहको चुनाव जित्न मात्र पैसा खर्चेर जित्न सकिँदैन । तर पैसा खर्च गरेर मत किन्नेहरूलाइ नेता पनि भन्न सकिँदैन भन्ने सोच मेरो छ । आफ्नो गाउँ ठाउलाइ के कसरी विकसित गर्न सकिन्छ ? कसरी अगाडी बढाउन सकिन्छ ? आफ्नो जनताको सुख दुखमा कसरी सहभागी हुन सकिन्छ ? भन्ने सोच र आट राख्नेलाइ मात्र असल हिरोको रूपमा नेता भन्न सकिन्छ भन्ने बिचार हो ।
चुनाव जितेर बाजा गाजाका साथ फुल माला लगाइ परिक्रमा गर्ने मैले आफ्नो जिवनमा धेरै हेरे तर असल काम गरे पश्चात् काम प्रतिको जितलाइ असल जित ठानी आफ्नो सिर ठाडो गरि पुन: गाउँ परिक्रमा गर्नेहरूलाइ मैले हेरेको समेत छैन । आफ्नो अथवा सरकारको बजेटलाई दुरुपयोग गर्न कसैलाइ नपाइने भन्दै जोड तोडले भासनबाजी गर्नेहरू आफै नियमको पालना नगर्ने समेत धेरै कर्तुतहरूबाट प्रष्ट समेत भइसकेको अवस्था छ ।
स्थानीय तथा प्रादेशिक चुनाव सम्पन्न हुन्छ नेताहरू आफ्नो दुलो भित्र पस्छ । आफ्नो पेशाको नामलाइ धज्जी उडाउदै आफ्नो कमाइ तर्फ लाग्छन यो कुनै नौलो कुरो होइन । किनभने यो मात्र मेरो क्षेत्रमा मात्र नभएर मधेसको भिभिन्न ठाउहरूका स्थानीयले भोग्दै आएको पिडाले दर्शाइरहेको छ ।
चुनाव जित्नको निम्ति आफुलाइ सबै भन्दा इमान्दार नेताको रूपमा रहेको बताउदै घर दैलो समेत पुग्ने नेताहरू विपत्तिको घडीमा पलायन भएको समेत हेरेको छु । बारामा आएको विनासकारी हावाहुरी लगायत कोरोना भाइरसको यस्तो महामारीको समयमा कुनै पनि नेता मेरो गाउठाउको लागि पीडा सुन्न समेत आएको हेरिदैन । चुनाव सम्पन्न भए पश्चात अपना काम बनता भाड मे जाए जनता भन्ने हिन्दी उख्खान जस्तै बन्छन नेतागण ।
म लगायत हजारौ युवा जनता आफ्नो गाउठाउको विकासको निम्ति सुनेको सपना, सपना मै सिमित रहेको छ । मेरो घर फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोलमा पर्दछ । मेरो नाम उमेश कुमार दुबे हो र मेरो बुवाको नाम सुरेश कुमार दुबे हो । म र मेरो परिवारको खर्च आफनै खेतीपातीले चल्छ भन्नमा दुइमत छैन । किनभने मेरो पेशा पत्रकारिता हो । पत्रकारितामा बढी त होइन मेरो सन्सथाबाट आउने रकमले आफ्नो जिविका पार्जन चलाउन समेत कठिन हुन्छ । तरपनी म र मेरो परिवार इमान्दारिताले कमाएको पैसाले जिविका पार्जन चलारहेको समेत पाठक वर्गलाइ अवगत गराउन चाहन्छु ।
म जे भएपनी आफ्नो गाउका केही गरिब बिपन्न परिवारलाइ भोकै राख्न सक्दैन भन्ने मेरो सोच हो । हालको यस्तो परिवेशमा राहतको नाममा व्यापार बढी र भोट किन्ने काम मात्र भएको राहत समाग्री वितरणले प्रष्ट पारेको छ । मेरो गाउको मात्र केही परिवार यस्ता छन जुन कि नकमाइ एक छाकको खाना समेत खान सक्दैन तर त्यस्ता परिवारलाइ राहत समाग्री वितरण गर्नुको साटो भोट किन्नको निम्ति एउटै वडामा करीब ४ सय घर धुरीलाई राहत वितरण गरेको हेरि नेतागण ज्यूहरूको इमान्दारीता माथी शन्का लागेर आउँछ । शन्का उपशन्का गरेपनी हालको परिस्थितिमा स्थानीय सरकार त्यस्तै इमान्दार नेताहरूको रहेको कारण मौन बस्नु परेको समेत अवस्था छ ।
ती इमन्दार कहलाउने नेताहरू आफुलाइ बाठो र चुनाव जिताएका जनतालाइ मूर्ख ठान्दछन । तर त्यस्ता इमन्दार नेताहरूले सायद बिर्सेका छन कि पुन: स्थानिय तथा प्रादेशिक चुनाव आउछ र त्यसमा जनताले आफ्नो हक अधिकार सुनिश्चित गर्नको निम्ति योग्य रहेका व्यक्तीलाई चुनाव जिताएर पठाउछन । मान्छे सङ्ग गल्ती हुन्छ नै किनभने गल्ती नभए सायद मान्छे भगवान सरह मानिन्थे । तर गल्ती हुदा क्षमा याचना समेत माङ्गन नसक्ने नेता आफ्नो पद र पावरको दुरुपयोग गर्न तल्लिन हुन्छन भन्ने विश्वास मेरो छ । पैसाको बलमा चुनाव जित्दा त्यो पद धेरै दिन टिक्न समेत नसकिने मेरो विश्वास छ ।
अब जे भएपनी आउने चुनावमा मेरो गाउठाउको जनताले असल नागरिकलाइ चुनाव जिताएर आफ्नो गाउठाउलाइ विकसित गर्ने तर्फ अग्रसर अवसय हुने मैले विश्वास लिएको छु । पैसाको दममा चुनाव जित्नेहरूलाइ मेरो तर्फबाट चुनौती दिन चाहन्छु कि मेरो गाउठाउलाइ पैसाको तराजुमा नाप्ने काम बन्द नगरिए पर्दाफास गरि नाङ्गो नाच नचाउनबाट समेत पछि हटदैन । मेरो गाउठाउ मेरो लागि ज्यान भन्दा पनि प्यारो छ । जहाँ हिन्दु मुस्लिम सबै दाजु भाइ सरह बस्ने गर्दछ । जसको जति हैसियत भएपनी मेरो गाउठाउका जनताको लागि पैसाको हैसियत नरहेको समेत स्मरण गराउन चाहन्छु । म लगायत हजारौ जनताको सपना चकनाचुर भएको छ तर अगामी हुने चुनावमा जनताले आफ्नो अधिकारको मत एउटा असल र इमान्दार उम्मेदवारलाई चुनाव जिताउने बिश्वास समेत मैले गरेको छु । त्यस पश्चात् मेरो र म जस्तो हजारौ जनताले बोकेको सपना सकार हुन सक्ने सम्भावना देखिन्छ ।

Leave A Reply

Your email address will not be published.