Ultimate magazine theme for WordPress.

भारतीय विस्तारवादको बिरूधमा नेकपा युवा नेता आदित्य पौडेलको आक्रोश

489

हामी नेपाली आफूलाइृ वीर गोर्खालीका सन्तान भन्छौं । हाम्रो पूर्खाले पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्म सीमाना पु¥याएका थिए । इतिहासका वीरहरुको गाथा सुनेर चकित हुन्छौं र गौरवपूर्ण इतिहासप्रति गर्व गछौं । अमरसिंहका सन्तान हामी, बलभद्र कुंवरका सन्तान हामी थाहै नपाई यति कायर भईसकेका छौं । हिजो हाम्रो पूर्खाले एक ईन्च जमिन बढाउन आफ्नो रगत बगाएका थिए । आज पूर्खाको त्यही रगतको अपमान गर्न कति पनि लाज मानिरहेका छैनौं । वीर गोर्खालीका सन्तान कायरतापनमा परिणत भएको देखेर विश्व नै चकित भएको छ । विश्वमा कहलिएका कुनै वीरले भनेका थिए म संसारको कुनै पनि सेनासँग डराउदिन तर गोर्खाली सेनाको नाम सुन्ने बित्तिकै मेरो मुुटु काप्छ, यसो भनेर गोर्खालीको शान बढाउने ती वीर नेपोलियन थिए । हिटलरले भनेका थिए गोर्खाली सेना मसँग भएको भए सारा विश्वमा नै शासन गर्थे, पाकिस्तानले गोर्खाली सेना मसँग भएको भए बेलुकाको खाना भारतको नयाँ दिल्लीमा खान्थे भनेको थियो । सिमामा भारतीय सास्ती कति छ भन्ने कुरा प्रष्ट भईसक्यो । दिन दिनै भारतीय सिमा सुरक्षाबलका जवानहरुले नेपाली सिमाक्षेत्रभित्र कहिँ कहिँ उपद्र मच्चाईरहेका छन् । तिनले कहिले नेपाली भूभाग कब्जा गर्छन् त कहिले दशगजामा खाडल खन्छन्, कहिले सिमावर्ती भारतीय बजारबाट नून, चिनी लिएर आएका नेपालीहरुलाई कुट्छन् । यी सबै दृश्यहरु हेर्दा हाम्रा नेपाली सुरक्षकर्मीहरु चुपचाप सहन्छन् । हिजो आईलाग्ने माथि जाईलाग्ने गर्थे भने आज कायर भएका छन् । अब गोर्खालीका खुकुरीले सत्रुको घाँटी छप्काउने सामर्थ राख्दैन । यसले केवल निरही खसी, कुखुरा काट्ने हैसियत राख्छ ।
अहिले भारतीय मिडियाले नेपाललाई यतिसम्म होच्याएर भन्दा पनि त्यसको प्रतिउत्तर दिन सक्ने हैसियत छैन । नेपालको राजनीतिक दलका नेता, केही सञ्चारकर्मी तथा उच्च पदस्तका केही कर्मचारी दिनरात भारतको दलालीमा ब्यस्त छन् । हाम्रो आफ्नो भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो भन्न सकिराखेको छैन । यस्ता अतिक्रमित भूभागको जनता बिदेशी नागरिकमा परिणत हुदैछन् । नेपाल —भारत बीच सिमा अतिक्रमण विवाद, दावा बिरोधका मुद्धा चलि आईरहेको छ । नेपालको भारतसँग सिमाजोडिएका २६ जिल्लाहरुमध्ये, २१ जिल्लाको ५४ स्थान गरि ६००० हेक्टर भूमीमा तेरो र मेरो भनेर विवदा चल्दैछ । यसमध्ये सबैभन्दा धेरै कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३७००० हेक्टर छ । नेपालमा राजनीतिक अस्थिरता भएको समयमा अक्सर सिमा मिच्ने हुने गरेको छ ।

कहाँ हो कालापानीको मूहान —
पानीको आयातन जलाधार क्षेत्र, ऐतिहासिक नाप, नक्शा तथा कागज प्रमाणले महाकाली अर्थात काली नदीको उद्गम स्थल लिम्पियाधुरा नै हो । जून कुरालाई पुष्टि गर्न नेपालसँग धेरै आधारहरु छन् । ऐतिहासिक नाप,नक्शा तथा कागजपत्र साँची छन् । त्यसैले महाकाली नदीको मूहान लिम्पियाधुरा भएको कुरा निर्विवादित छ । यस विषयमा भारतसँग अनुनय विनय गर्नुपर्ने कारण छैन । प्रचलित अन्तराष्ट्रिय कानुनका सिद्धान्त र मान्यताको आधारमा कुनै नदीको पानीको आयातन बढी भएको नदीलाई मूल नदी र कम भएकोलाई साहायक नदी भनी छुट्याउने गरिन्छ । यस अर्थमा काली नदीको वास्तविक मूहान लिम्पियाधुरा भएको प्रष्ट हुन्छ । ऐतिहासिक नाप नक्शाकै कुरा गर्दा सुगौली सन्धी पछि सर्वे अफ ईन्डियाद्धारा प्रकाशित १८१९देखि १८५६सम्मका नक्शाहरु लिम्पियाधुराबाट निस्कने नदीहरुलाई नै प्रष्ट रुपमा काली उल्लेख गरिएको छ । ईष्ट ईन्डिया कम्पनीका लागि जेम्स होस्टद्धारा प्रकाशित सन् १८२७ को नक्शामा पनि लिम्पियाधुराबाटै आउने नदीलाई काली नदी भनिएको छ । सन् १९०३ मा प्रकाशित प्राचिन चिनिया एटलस्ट सन् १९२१को एसियाको नक्शा तथा सन् १९१०को ईन्डीयन एम्पायर एट सिलोन आदी सबैमा नेपालको उत्तर पश्चिम सिमा लिम्पियाधुरा नै उल्लेख गरिएको छ । ब्रिटिस लाईबे्रररीको ईन्डीया अफिा्स रेकर्ड कलेक्सन, नेस्नल लाईबे्रररी अफ चाईना, लाईब्रेररी अफ कंग्रेस (वासिङ्टन डिसी) को जिवग्राफी एण्ड म्याप डिभिजनमा प्राप्त सबै नक्शामा लिम्पियाधुरालाई नै महाकालीको उद्गमस्थल तथा नेपालको उत्तर पश्चिम सिमा भनि उल्लेख गरिएको छ ।

कालापानीको समस्या —
भारत स्वतन्त्र भईसके पछि सन् १९६२ को भारत —चिन युद्धका सो क्षेत्रमा नेपाली सुरक्षाकर्मीको अनुपस्थितिको फाईदा उठाउदै भारतले उक्त नेपाली भूमी चिन बिरुद्ध प्रयोग ग¥यो । भारत — चिन युद्धमा भारतीय सेनाको एउटा मोर्चाले नेपालको लिम्पियाधुरा क्षेत्र अन्तरगत लिपु भन्ज्याङबाट चिनसँग युद्ध लड्यो । त्यसपछिका दिनहरुमा भने नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रमा नै ब्यारेका जमाएर बस्न थाल्यो । सुरुमा अस्थाइ चौकी स्थापना गरी प्रहरी जवानहरु राखेको भारतले त्यसपछि त अर्ध सैनिक बलको ब्यारेक नै स्थापना ग¥यो । सैन्यबलको आधारमा भारतले यतिबेला नेपालको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा देखि लिपुभन्ज्याङसम्मको ३७२ बर्गकिमी भन्दा बढी भूभाग अतिक्रमण गरेको छ । उक्त अर्धसैनिक बल तुल्सीनुराङ, कुटी, नाबी र गुन्जस् सबै नेपाली गाउँहरुमा ब्यारेक संरचना सहित ठूलो संख्यामा तैनाथ छ । इहिासकारका अनुसार हाल भारतको अर्धसैनिक बल बसेको नेपाली भूभागको नाम कालापानी नभई तुल्सिरङ्गा हो । वास्तविक कालापानीको त त्योभन्दा १७ किमी माथि लिपुभन्ज्याङतिर पर्छ । भारतले बलजफ्ती आफ्नो सेना राखेपछि नेपालसँग सामाना गर्नुपर्ने विवादलाई मन्थर गर्न सो ठाउँको नाम कालापानी नामाकरण गरेको हो । त्यसकालागि ब्यारेकनजिकै रहेको पानीको मूहानलाई पोखरीमा परिणत गरि उक्त पोखरीको सिरानमा काली नामको मन्दिर बनाई कालापानी र काली मन्दिर नजिकबाट उत्पत्ति हुने नदी नै काली नदी हो भन्ने भ्रम छर्न यो सब नौटङ्की गरेको हो तर हामी भने अहिले पनि भारतीय चालबाजीलाई नबुझी भारतीय सेना कालापानी छोडन्ने नाराबाजी गर्छौं ।

समाधान —
नेपाल भारतका बिच अन्तराष्ट्रिय सिमासम्बन्धी अतिक्रमण र वादविवद बारे आपसी कुराकानी तथा मित्रताको आधारमा समाधान गर्नु पर्दछ । भारतीय र नेपालीका बिच पारम्पारिक सम्बन्ध र मित्रता छ भन्ने कुरा दुबै राष्ट्रले बुझ्नु पर्दछ । राष्ट्रको सिमा भनेको सम्बेदनशील कुरा हो यसैले सिमा समस्या तथा अतिक्रमणजस्ता राष्ट्रिय मुद्धालाई सम्वेदनशील विषयका रुपमा लिई राष्ट्रिय अखण्डतालाई जोगाईराख्नु पर्छ । सिमा समस्या समाधान गर्ने कामलाई ओझेल पार्नु हुन्न । सरकारले गरेको अहिलेको काम स्वागत योग्य छ त्यसैले देशको सम्पूर्ण राजनीतिक दल, सञ्चारकर्मी तथा सरोकारवाला र जनता मिलेर यो महा अभियानमा आ—आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्नु पर्दछ । अवस्य नै हामीले लिम्पियाधुरा, कालापानी, लिपुलेक फिर्ता पाउँछौं ।
लेखक
आदित्य पौडेल (प्रकाश)
टाईपिङ
बिनोद बम

Leave A Reply

Your email address will not be published.