Ultimate magazine theme for WordPress.

लागू औषध गाजा सहित श्रीवास्तव पक्राउ

179

पर्सा, २९ भाद्र / नेपालबाट भारततर्फ लादै गरेको अवस्थामा लागू औषध गाजा सहित एक जना नेपाली नागरिक सशस्त्र प्रहरीको फान्दामा परेका छन । बोर्डर आउट पोस्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १६ बाट लागू औषध सहित श्रीवास्तवलाइ नियन्त्रणमा लिएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने आदेश लाल श्रीवास्तवको १८ बर्सिय छोरा पवन कुमार श्रीवास्तवले ६ किलोग्राम लागू औषध गाजा भारततर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बोर्डर आउट पोस्ट बिरगंजबाट खटिएको टोलिले लागू औषध गाजा सहित श्रीवास्तवलाइ आज दिउँसो २ बजे पक्राउ गरि अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.