Ultimate magazine theme for WordPress.

सर्लाहीमा घुमुवाको आतन्क, डिआइजीदेखि आयुक्त चन्दको नाममा समेत रकम असुली

616

सर्लाही, २९ भाद्र / प्रदेश नम्बर २ को सर्लाही जिल्लामा घुमुवा आतन्क बढेपनी समबन्धित निकाय मौन रहेका छन । तस्करीको अखडाको रूपमा मानिने सर्लाही जिल्लामा प्रहरी सहायक निरीक्षक मनोज यादव गएदिनदेखी नै घुमुवाको नाममा रकम असूलीको अबैध धन्दा चालू भएको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रन्जितकारदेखी अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय टङ्गाल काठमान्डूमा आयुक्त रहेका जय बहादुर चन्दको नाममा सर्लाहीबाट रकम असूली धन्दा सुचारू भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा गत ६ महिना अगाडी गएका प्रहरी सहायक निरीक्षक यादव आफ्नो पावर प्रयोग गरि इलाका प्रहरी कार्यालय त्रिभुवन नगरको कमान्डर बन्न सफल भएका थिए । प्रहरी नायब निरीक्षक बस्ने ठाउमा आयुक्त चन्दको पावर प्रयोग गरि प्रदेश प्रहरी प्रमुखकै इशारामा इन्चार्ज बन्न सफल भएका थिए ।
त्यति मात्र कहाँ हो र ? आयुक्त चन्दको पावरले उनी जिल्ला र प्रदेशको घुमुवा समेत भइ असूली धन्दा सुचारू गरेको पाइन्छ । एक जना स्थानीय श्रोतका अनुसार आयुक्त चन्द रानीपोखरीमा एआइजी हुदा उनका बिश्वासिला पात्रको रूपमा मनोज यादव रहेका थिए । उनको काम जबर्जस्ति रकम असुली गर्ने, अपहरण गर्ने, लागू औषध मुदा मेलमिलाप गराउने र सोही क्रममा ६ महिना निलम्बनमा समेत परेका थिए । प्रहरी सहायक निरीक्षक मनोज यादव एक बदनाम घुमुवाको रूपमा चिनिएपनी हाल जिल्ला प्रहरी कार्यालय सर्लाही, प्रदेश प्रहरी कार्यालयका साथ साथै आयुक्त चन्दको नामले समेत रकम असूली गर्ने गरेको श्रोतको दाबी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरको नामले मासिक २५ लाख, डिआइजी उमेश रन्जितकारको नामले मासिक ५ र आयुक्त जय बहादुर चन्दको नाममा मासिक ७ लाख गरि जम्मा ३७ लाख रकम उठाउने गरेको श्रोतको ठहर रहेको छ । सर्लाही जिल्लाबाट तल्लो स्तरदेखी माथिल्लो स्तरसम्म कुरा मिले पश्चात् अहिलेसम्मकै ठूलो तस्करीको लाइन सुचारू भएको छ । प्रहरी संगठन प्रमुखकै आदेशलाइ धज्जी उडाउदै यस्तो किसिमको तस्करीको लाइन सुचारू गराउनु प्रहरीको इमान्दारिता माथी प्रश्न चिन्ह खडा भएको छ । यस बिषयमा प्रहरी संगठनका प्रमुख आइजिपी शैलेस थापा क्षेत्रीको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.