Ultimate magazine theme for WordPress.

लागु औषध बोकेको भारतीय गाडी सहित एक जना पक्राउ

170

उमेश दुबे
बारा, ३० कार्तिक ÷ भारतबाट नेपाल भित्रिदै गरेको लागु औषध बोकेको भारतीय गाडी सहित एक जना पक्राउ परेको छ । नेपाल र भारतको सिमानामा पर्ने बाराको मुसहर्वा नाका प्रयोग गर्दै भित्रिरहेको सुचनाको आधारमा पक्राउ गरिएको हो ।
भारतबाट नेपाल भित्रयाइरहेको सूचनाको आधारमा बि.ओ.पी. बरैनियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालले जानकारी दिनुभयो । उहा“ले सूचनाको आधारमा चेकजाच टोली परिचालन गरेको र चेकजाचको क्रममा भारतीय नम्बर बि.आर.२२ पी ५२७९ नम्बरको गाडीमा लागु औषध फेनारगन, नरफिन, डाइजोपाम करिब ३ हजार पिस बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालले बताउनु भयो ।
पक्राउ पर्नेमा भारतको इस्लामपुर निवासी २३ बर्षिय महम्द सद्रे आलम, भारतीय नम्बर भएको स्र्कोपियो गाडी र लागु औषध सहित नेपाल प्रहरी संग समँवय गरी आवश्यक कारवाही अगाडी बढाउने सशस्त्र प्रहरी निरीक्षक फुयालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.