Ultimate magazine theme for WordPress.

बाबा मार्केटको बैशाख र जेठ महिनाको कोठा भाडा नलिने गुप्ताले गरे घोषणा

298

अनिलकुमार साह
सिमरा,१ असार / निकै मिलनासर, सहयोगी मनका धनी, समाजसेवी, उदाहरणीय व्यक्तित्व तथा नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले सिमरामा रहेको बाबा मार्केटको बैशाख र जेठ महिनाको कोठा भाडा नलिने घोषणा गरेका हुन।
सहयोगी मनका धनी गुप्ता लामो समय अघिदेखि नै समाजसेवामा तलिन रहेका देखिएका छन। उनी यो भन्दा अगाडी पनि यस्ता समाज र सामुदाय बासिको हित हुने कार्य निरन्तर रुपमा गर्दै आएका छन्। उनले बेला बेलामा धेरै जनालाई सहयोग गरेको उदाहरणहरु अवगत नै छन्।
त्यसैगरी आज पनि आफ्नो जन्मदिनको शुभ अवसरमा नगर सभापति गुप्ताले कोरोना भाईरसबाट सबै क्षेत्र अस्तव्यस्त भएकाले बाबा मार्केटको बैशाख र जेठ महिनाभरीको कोठा भाडा नलिने घोषणा गरेका हुन। सो बाबा मार्केट मा ३२ ओटा सटरहरु रहेका छन्।
समाजसेवामा अधिक रुचाउने गुप्ताले ‘कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको छ, यस्तो अवस्थामा मानवताको निम्तिपनि मैले कोठा भाडा नलिने घोषणा गरेको हु’ भन्ने जानकारी गराएका हुन। उनले पछिलो वर्ष पहिलो कोरोनाको महामारी भएको बेलामा पनि बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिएको जानकारी गराएका हुन।
बाबा मार्केटका सञ्चालक समेत रहेका गुप्ताको यो घोषणा निकै प्रशंसनीय रहेको छ । यस घोषणाबाट बाबा मार्केटका झन्डै २ दर्जन व्यवसायी लाभान्वित भएका छन् ।

Leave A Reply

Your email address will not be published.