Ultimate magazine theme for WordPress.

लागू औषध गाजा सहित मोक्तान पर्सा प्रहरीको फान्दामा

124

उमेश दुबे पर्सा, १ असार / लागू औषध गाजा सहित एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा लूकाइ छिपाइ लिएर आउदै गरेको सुचनाको अधारमा पर्सा प्रहरीले ट्रकका चालक सहित लागू औषध गाजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १८ भवानिपुर सडक छेउमा रोकि राखेको ट्रकबाट लागू औषध गाजा सहित ट्रक चालकलाइ नियन्त्रणमा लिन सफल भएको छ । आज साझ करीब ५ बजेको समयमा बागमती प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकको तलासी लिँदा ४ वटा ठूलो प्याकेट बनाई लागू औषध गाजा राखिएको अवस्थामा नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । ट्रकको सिटमुनी लुकाइएको लागू औषध गाजा ६५ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने वर्ष ५१ को रामकुमार मोक्तानलाई समेत नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.