Ultimate magazine theme for WordPress.

प्रधानमन्त्रीलाई षडयन्त्र मुलक ढंगले घेराबन्दीमा पारेर काम गर्न खोजियो : उपप्रधानमन्त्री पोखरेल

81

मुकेश कुमार यादव
लहान२० पुस । अन्तरविरोधमा खेलेर पदमा पुग्ने षडयन्त्र र अरुको नेतृत्वमा वस्नुपरेको कुण्ठाकाले निम्त्याको षडयन्त्रले अहिलेको अवस्था निम्तिएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) सिरहाले गोलबजार नपा ७ चोहर्वामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई षडयन्त्र मुलक ढंगले घेराबन्दीमा पारेर काम गर्ने, काम गर्न नदिने र मुलुकलाई गम्भीर संकटमा धकेल्ने देखेपछि सरकारले बाध्यात्मक अवस्था संसद बिघटन गरी निर्वाचनमा जाने निर्णय गरेको बताएका हुन ।
‘जनताको ६४ प्रतिशत मत पाएर निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हात खुट्टा बाँधेर कामै गर्न नदिने, हरेक कुरामा लेन देनको कुरा गर्ने, भागवण्डा खोज्ने मात्र काम हुँदै आयो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको हितमा, राष्ट्रको हितमा काम गर्न खोज्दाँ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री बिरुद्ध आरोप पत्र तयार पार्ने, संसदमा अविश्वासको प्रस्ताब दत्र्ता गराउने, राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने जस्ता षडयन्त्र भएको स्पष्ट छ ।” त्यसैले ती सबै षडयन्त्रहरुलाई चिर्न र मुलुकमा राजनीतिक ‘कु’ लाई रोक्न सरकारले यस्तो निर्णय लिएको उनको कथन थियो ।
निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार ५ बर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जार्ने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने उनको तर्क रहेको छ ।
अवसरवादी हर्कत गर्दै अन्तरबिरोधमा खेल्ने र पार्टीको सत्तामा नपुगेको कुण्ठा बोकेका नेताको गठबन्धनका कारण पार्टी एकता भएको ३ बर्ष नपुग्दै बिभाजनको अवस्थामा पुगेको बताए । उनले प्रचण्ड माधव समूह दुई वटा विषयमा सहमत भए अझै पार्टी एकता जोगिने उपप्रधानमन्त्ती पोखरेलले जिकिर गरे ।
उलने भने, ‘प्रधानमन्त्री बिरुद्ध तयार पारेको आरोप पत्र फिर्ता लिने र निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहन सक्छ ।’
पार्टी भित्र देखिएको समस्या छिटै समाधान हुने बताउँदै अब पार्टीबाट गलत प्रबृति भएका व्यक्तिहरु बाहिरीएपछि पार्टी अझ मजबुत र एक ढिक्का भएर अघि बढ्ने बताए ।
भौतिक पुर्वाधारको विकास बिना मुलुकको बिकास सम्भव नभएकाले हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पुर्वपश्चिम रेलमार्ग लगायतका भौतिक पुर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाएको उल्लेख गर्दैै यही सरकारको पालामा ती कार्यहरु पुरा हुने दाबी समेत गरे ।
भेलालाई करिव ४५ सम्वोधन गरेपनि उनी पुष्पकमल दहाल प्रचण्डको नेता माधव नेपाल विरुद्ध मात्र बोले । उनले पार्टी दुवै अध्यक्षको सहमतिमा चल्ने भनेपनि वैठक बस्नै नचाहने र आफ्नो नजिकको झुण्डमा मात्र रमाउने प्र.म. ओलीको भने देवत्व करण गरेका थिए ।
शहरी विकास मन्त्री प्रभु साहले प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री स्वंय्म खुसी नभएपनि बाध्यात्मक अवस्थामा गर्नु परेको दाबी गर्नुहुँदै सरकारले घोषणा गरेको निर्वाचनले नै मुलुुकलाई निकास दिने बताए ।
संसद बिघटन गर्नु प्रधानमन्त्रीको रहर नभई बाध्यता भएकाले यसबाट मुलुक ठुलो दुर्घटनाबाट जोगिएको दाबी गर्दै छलछाम र दलाली गरेर सत्तामा पुग्ने नेताहरुको सपना पुरा नभएकाले सरकार र प्रधानमन्त्री बिरुद्ध भ्रम फैलाउने काम भईरहेको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले संसद बिघटन गरी जनताको बीचमा जाने निर्णय आफैमा लोकतान्त्रिक प्रद्धति भएकाले निर्वाचनबाट कोही डराउनु पर्ने अवस्था नरहेको जिकिर गर्दै उनले प्रधानमन्त्रीले चालेको कदम आफैमा आत्महत्या सरह भएपनि यसले मुलुकलाई गम्भीर संकटबाट जोगाउन काम गरेको मन्त्री साहको जिकिर रहेको थियो ।
भेलामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले वर्तमान सरकारले गरेको लोकप्रिय कामबाट हतोत्साहित बनेको नेताहरु देशी बिदेशी शक्तिहरुको इसारामा प्रधानमन्त्री बिरुद्ध षडयन्त्र गरेका कारण यस्तो स्थिति आएको बताए । उनले सरकार पछाडी परेको तराई मधेशको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै सरकारले लिएको सम्बृद्ध नेपाल र सुखी नेपालीको सपना यही सरकारको पालामा पुरा हुने दाबी गरे ।
भेलामा नेकपाका स्थायी समिति सदस्य तथा पुर्वमन्त्री रघुबीर महासेठ, नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, नेकपाका केन्द्रीय सदस्य रामशंकर यादवले समेत सम्वोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.