Ultimate magazine theme for WordPress.

दबङ्गै हेराउने प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकलाइ कारवाहीको माङ्ग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र

534

पर्सा, १ चैत / पर्सा जिल्लाको एक मात्र महानगरपालिका बिरगंजमा आफ्नो दबङ्गै पारा हेराउने प्रहरी निरीक्षकलाई कारवाहीको माङ्ग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा युवाहरूले ज्ञापन पत्र बुझाएका छन । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले आफ्नो पेशा र वर्दीको आडमा स्थानीय युवाहरूलाइ दुख दिदै आएकोले युवाहरूले आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका हुन ।

आफ्नो क्षेत्रमा प्रहरीको गुन्डागर्दी बढेको बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तलाइ समेत जानकारी गराउदा मौन बस्नुको साथै उल्टै पिडकलाइ नै अपशब्द प्रयोग गरेको ज्ञापन पत्रमा उल्लेख छ । मुस्कान सहितको प्रहरी भनिने आजको समयमा पर्सा जिल्लामा गुन्डागर्दी शैलीमा काम गरिरहेको स्थानीय युवकले दुखेसो पोखेका छन ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरू केही राजनीतिकर्मी अगाडी झुक्ने र स्थानीय युवाहरूलाइ धम्काउने गरेको कार्य कुनै नौलो कुरो होइन । प्रहरी निरीक्षक पनेरू आफ्नो फुलीको फुर्ती हेराउदै स्थानीय युवाहरूको जमातलाइ अपशब्द भासा प्रयोग गर्ने गरेको पाइएको छ । प्रहरीको गुन्डागर्दी शैलीको बिषयमा प्रहरी उपरीक्षकलाई समेत जानकारी गराउदा उल्टै पीडित माथी आक्रोश पोख्नुलाइ पर्सा प्रहरीको कार्य माथी प्रश्न उठन थालिएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षकले आफ्नो दबङै पाराले गरेको कार्य र पीडितलाई उल्टै अपशब्द भासा प्रयोग गरेको प्रहरी उपरीक्षकलाई कारवाहीको माङ गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाइएको स्थानीय युवकहरूले बताए ।

Leave A Reply

Your email address will not be published.