Ultimate magazine theme for WordPress.

सुत्केरी बिदा नपाएपछि स.प्र.ज. आफ्नै कन्चटमा बन्दुक पडकाए

1,060

उमेश दुबे
सर्लाही, २५ फाल्गुन / सशस्त्र प्रहरी बल १० नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी जवान मिश्रलाइ सुत्केरी बिदा नपाएको कारण आफ्नै कन्चटमा बन्दुक पडकाइ आत्म हत्या गरेको समाचार प्राप्त भएको छ । सशस्त्र प्रहरी जवान आनन्द मिश्रको स्वास्नी प्रेगनेन्ट रहेको र त्यसमा पनि सशस्त्र प्रहरी उपरीक्षकले बिदा नदिएको कारण आफ्नै कन्चटमा बन्दुक पडकाइ आत्म हत्या गरेको सशस्त्र प्रहरी श्रोतले बताएका हुन ।
सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिनोदराज श्रेष्ठले सुत्केरी बिदा नदिएको कारण आफैलाइ मिश्रले गोलि हानी आत्महत्या गरेको श्रोतको दाबी रहेको छ । श्रोतले दाबी गरे अनुसार सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले कारागारमा रहेका कैदी जस्तै सशस्त्र प्रहरी जवानलाइ व्यहार गरेको हुनाले यस्तो घटना घटेको बताए ।
यस विषयमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले घटनाको बिषयमा छानबिन भइरहेको बताए ।

Leave A Reply

Your email address will not be published.