Ultimate magazine theme for WordPress.

गढीमाई मेलाबाट ४० पाकेटमारको गिरोह बारा प्रहरीको नियन्त्रणमा

353

उमेश दुबे
बारा, १६ मंसिर ÷ बिश्व प्रसिद गढीमाई मेलाबाट बारा प्रहरीले ४० जना पाकेटमारको गिरोहलाई नियन्त्रणमा लिएको छ । बिगत दुई दिनदेखी गढीमाई मेलामा चोरीको क्रम बढ्नसाथ बारा प्रहरीले निगरानी बढाए पश्चात ४० जनाको पाकेटमार गिरोहलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
नेपाल, भारत लगायत देश बिदेशबाट गढीमाई आउने दर्शनार्थीहरुको पाकेटमार गिरोहले चोरी गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षकका अनुसार सादा पोशाकमा परिचालन गरिएको प्रहरी टोलीले पाकेटमार गिरोहलाई नियन्त्रणमा लिन सफल भएको बताए । उहाले गढीमाई मेलामा भिडको फाइदा उठाउदै पाकेटमारहरु सक्रिय हुनसाथ आफ्नो सादा पोशाकको टोलीले करिब ४० जनाको समूहमा रहेको पाकेटमारहरुलाई नियन्त्रणमा लिन सफल भएको बताउनु भयो ।
गढीमाई मेलाबाट नियन्त्रणमा लिएको ४० जनाको पाकेटमार समूह माथि आवाश्वक अनुसन्धान भइरहेको र थप केही पाकेटमारलाई पक्राउ गरिन सकिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.