Ultimate magazine theme for WordPress.

गढीमाई मेलाको सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने : प्रहरी उपरीक्षक खनाल

249

उमेश दुबे
बारा, १६ मंसिर ÷ बिश्व प्रसिद्ध गढीमाई मेलाको सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकासराज खनालले बताउनु भएको छ । पांच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलामा करोडौको संख्या दर्शनार्थीहरु आउने गरेकोले गढीमाई मेलाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी उपरीक्षक खनालले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकासराज खनालले यस अनलाइन संग कुरा गर्दै सीमा लगायत जिल्लाको बिभिन्न ठाउहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको बताउनु भयो । उहाले गढीमाई मेलामा शान्ति सुरक्षा कायम राख्नको निम्ति एघार सयको संख्यामा प्रहरी परिचालन गरिएको बताउनु भयो । नेपाल प्रहरी ११ सय र करिब २ सय सशस्त्र प्रहरी गढीमाई मेलामा सुरक्षाको निम्ति परिचालन गरिएको प्रहरी उपरीक्षक खनाललले बताउनु भयो ।
उहाले सबै जसो सुरक्षा युनिफर्ममा गर्न नसकिने भएकोले सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको बताए । गढीमाई मेला सुरक्षाको निम्ति करिब ५० जना प्रहरीलाई सादा पोशाकमा खटाइएको प्रहरी उपरीक्षक खनालले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक खनालले बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेला सुरक्षाको निम्ति खटिएका प्रहरीहरुलाई कडा निगरानी बढाउन निर्देशन समेत दिएको बताउनु भयो । पाकेटमारदेखी अपराधी क्रियाकलापमा समेत निगरानी बढाउन आदेश गरिएको प्रहरी उपरीक्षक खनालको भनाई रहेको छ ।
यता प्रहरी उपरीक्षक खनालको आदेश आउनसाथ गढीमाई मेला सुरक्षाको निम्ति खटिएका प्रहरीहरु निगरानी बढाइएको पाइएको छ । प्रहरीहरुको निगरानी बढ्नसाथ गढीमाई मेलामा घुमिरहेको पाकेटमारहरुमा कमि समेत आएको बुझिन्छ । ठाउ ठाउहरुमा प्रहरी परिचालन भएको हुदा शान्ति सुरक्षा कायम रहेको बुझन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.