Ultimate magazine theme for WordPress.

स्वतन्त्र उम्मेदवार द्विवेदीलाई निर्वाचित गराउन स्थानीयको प्रतिवद्धता

60

पर्सा, ४ कात्तिक / पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले आज वीरगंजको बिभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ को सबैठवा लगायत बिभिन्न वडाहरुमा स्वतन्त्र उम्मेदवार द्विवेदीले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।
घरदैलो कार्यक्रममा निस्केका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको समर्थनमा स्थानीय एकजुट भई घरदैलो कार्यक्रममा सहभागिता जनाएका थिए । स्थानीयहरुले स्वच्छ छबि भएका अजय द्विवेदीलाई यसपालि निर्वाचित गराउने प्रतिवद्धता समेत जाहेर गरेका थिए । स्वच्छ छबि र सरल स्वभावका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बिजयी गराउने स्थानीयहरुले वाचा गर्दै भव्य स्वागत समेत गरेका थिए ।
घर दैलो कार्यक्रममा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले यसपालिको निर्वाचनमा जनता आफ्नो पक्षमा रहेको बताउनु भयो । आफ्नो उम्मेदवारी भ्रष्टाचार बिरुद्ध रहेको र भ्रष्टाचारलाई सखाप पार्ने उदेश्य मात्र रहेको बताउनु भयो । उहाले यस अभियानमा जनताले अवश्य साथ दिने र मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा निर्वाचित गराउने विश्वास लिएको बताउनु भयो । स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको घर दैलो कार्यक्रममा हजारौको संख्यामा सर्वसधारणको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.