Ultimate magazine theme for WordPress.

सोनपुर मोर्चा र प्रहरी भिडन्त, ७ राउण्ड फायर, स्थिति तनावग्रस्त

54

 सोनपुर, चैत्र १ : अहिले बाँकेको सोनपुरमा मधेसी मोर्चा र प्रहरी बीच भिडन्त भैरहेको छ । बाँके बन्दको आव्हान गरेको मोर्चाका कार्यकर्ताले सोनपुर क्षेत्रमा यातायात ठप्प पारेका छन् । त्यसक्रममा एम्बुलेन्स र मलासीहरुलाई समेत केही बेर अवरोध गरेका थिए । त्यसैले उनीहरुले प्रहरी विरुद्ध नाराबाजी गर्दै ढुंगामुढा गरेका छन् ।

स्थिति अनियन्त्रित भएपछि प्रहरीले ७ राउण्ड अश्रुग्याँस प्रहार गरेको त्यहाँस्थित हाम्रा संवाददाताले जानकारी दिएका छन् । बन्दका क्रममा उग्रहुँदै प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोनपुरमा थप प्रहरी परिचालन गरेको बताइएको छ । यसअघि सोनपुरमा गाडी जलाइएको खबर प्राप्त भएपनि पुष्टि हुन सकेको छैन । हाम्रा संवाददाताले गाडीमा रहेका एक यात्रुले खाएको चुरोटका कारण गाडीको सिट जलेको र आगजनी नभएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.