Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध गाजा सहित ट्रक नियन्त्रणमा

47

मकवानपुर, ३ फागुन / सशस्त्र प्रहरी बल नेपालले १ सय ५८ के.जी. लागु औषध गाजा सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले लागु औषध गाजा सहित ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले थाहा नगरपालिका वडा नम्बर ३ बस्ने बिशाल गोपालीलाई लागु औषध गाजा र गाडीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा चेकजाच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपाली र बरामद गरिएको लागु औषध गाजा सहित गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको जनाएका छन ।

Leave A Reply

Your email address will not be published.