Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा पेस्तोल सहित २ जना भारतीय नागरिक नियन्त्रणमा

257

बारा, १६ पौष / बारा जिल्लाको गोलागन्ज क्षेत्रबाट हतियार सहित २ जना भारतीय नागरिकलाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले हतियार सहित २ जना भारतीय नागरिक र भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको हो ।
बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले स्कवाड टोलि परिचालन गरेको बताए । उनका अनुसार अथक प्रयास पश्चात् हतियार सहित दुई जना भारतीय नागरिकलाइ नियन्त्रणमा लिन सफल भइएको जानकारी गराउनु भयो । बाराको सिम्रौणगढ नजिकै रहेको नहरीबाट दुबै जनालाइ नियन्त्रणमा लिएको बताउनु भयो । उहाले भारतबाट नेपालतर्फ आउने क्रममा सशस्त्र प्रहरी बरिस्ट हवलदार अशोक साहको कमाण्डमा खटिएको टोलिले पक्राउ गरिएको बताए ।
बिआर ५०५ एजे ४४२० नम्बरको मोटरसाइकललाई रोकि चेकजाच गर्दा भारतको पूर्वी चम्पारण मोतिहारी बस्ने २१ बर्सिय चन्द राम र सोही निवासी २० बर्सिय अबिशेक कुमारलाइ नियन्त्रणमा लिएको डिआइजी मगरले जानकारी दिनुभयो । उहाले यस अनलाइन सङ्ग कुरा गर्दै उनिहरू सङ्ग रहेको १ थान पेस्तोल, २ राउन्ड गोलि सहित भारतिय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौणगढमा बुझाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.